२९ असार २०८३, सोमबार
,
Latest
मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको काँग्रेस सांसद गुरुङको आरोप सुकुम्बासी तथा भूमिहीनको व्यवस्थापनबको प्रगति विवरण ७ दिनभित्र बुझाउन सरकारलाई कानून समितिको निर्देशन मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गर्ने कार्यमा संलग्नलाई कारबारही गर्न संसदीय समितिद्वारा… संकटमा राज्यको शक्ति लाठीमा होइन, संयम र संवादमा हुनुपर्छः सुहाङ नेम्वाङ प्रेस स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासमा रास्वपा प्रतिवद्धः प्रमुख सचेतक बुर्लाकोटी सञ्चारमाध्यमको संख्या धेरै भयो, यसलाई व्यवस्थित गर्नुपर्छः उपनेता पराजुली ललितपुर महानगरपालिकाद्वारा करमा विशेष सहुलियत घोषणाः विद्युतीय सवारीधनीदेखि लक्षित वर्गसम्मलाई छुट बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण सङ्खुवासभाबाट गाँजासहित पक्राउ कालिकोटमा बढ्दै एचआइभी सङ्क्रमित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिए–नेपालद्वारा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि अमेरिकी सहयोगलाई निरन्तरता दिइएकोमा स्वागत



अ+ अ-

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिनेसम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको स्वागत गरेको छ ।

एमसिए–नेपालले २९७ किमि विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न मिलेनियम च्यालेञ्च कर्पोरेशन (एमसीसी)सँग निकटतापूर्वक काम गरिरहेको जनाएको छ ।

साथै, एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेशन एवं १८ किमि सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको स्मरण गराएको छ ।

एमसिए–नेपाल नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउँदै यस कम्प्याक्ट कार्यान्वयनका लागि एमसीसीको निरन्तर साझेदारीका लागि आभार प्रकट पनि गरेको छ ।




भर्खरै