६ पुष २०८२, आईतवार
,
Latest
सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले सोध्यो नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

यस अभिव्यक्तिपछि नेकपा एसभित्र झाँक्रीप्रति चर्को पार्टीपंक्ति आक्रोशित बनेको छ । पार्टी अध्यक्ष विरुद्ध अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको हो ।

स्रोतका अनुसार अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको बताइएको छ । उनको जवाफ आएपछि जवाफ हेरेर पार्टीले आवश्यक निर्णय गर्ने जनाइएको छ ।