५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

२० औं एशियन गेम्सलाई लिएर राजनीतिः खेलकुद मन्त्रालय र एनओसीका आ—आफ्नै दाबी

२० औं एशियन गेम्सलाई लिएर राजनीतिः खेलकुद मन्त्रालय र एनओसीका आ—आफ्नै दाबी
अ+ अ-

काठमाडौँ । कुनै समय नेपाली खेलकुदमा उत्कृष्ट नतिजा दिलाउने तेक्वान्दो खेल विधाबिना नेपालको सहभागिता रहने आगामी २० औं एशियाली खेलकुदमा खेल संख्या दर्ता भएको छ ।

सरकार र अदालतले अवैधानिक ठहर गरेको जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै आगामी एशियन गेम्समा ३० वटा खेल विधा समावेश गरेको जानकारी दियो । तर उक्त खेलहरूमा एक समय नेपालका लागि उत्कृष्ट नतिजा दिलाउने तेक्वान्दो पनि समावेश गरिएको छैन ।

आगामी वर्ष २०२६ को सेप्टेम्बर १९ देखि जापानमा एशियन गेम्सको २० औं संस्करण आयोजना हुँदैछ । उक्त संस्करणका लागि सोमबार नै खेल संख्या दर्ता गर्ने अन्तिम समयसीमा तय गरिएको एनओसीको दाबी छ ।

एनओसीका महासचिव राजीव श्रेष्ठले खेल दर्ताको अन्तिम मिति सोमवार नै नरहेको र ती खेल दर्ताको अधिकारी आफूहरूलाई मात्र रहेको बताए । उनले यसबारे युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाइए पनि त्यहाँबाट जबाफ नआएको बताएका छन् ।

तर खेल दर्ताको समयसीमाबारे आइची र नागोयामा हुने २० औं एशियन गेम्सको अधिकारिक वेब साइटमा पनि उल्लेख छैन । यद्यपि, एनओसी भने सोमबार नै खेल संख्या दर्ता गर्ने अन्तिम मिती रहेको र अबको समयपछि हुने खेल दर्ताको सुनिश्चितता नरहने दाबी गरेको छ । साथै जीवनराम नेतृत्वको एनओसीले सबै खेल संघहरूलाई आफ्नो खेल दर्ताका लागि निवेदन पठाइएको थियो । तीमध्ये जबाफ नपठाउने खेलको दर्ता नभएको जनाएको छ । दर्ता नहुने खेलहमा तेक्वान्दो, फेन्सिङ, हक्की र ट्रायथोलनलगायत खेल हुन् । यी तीनै खेलका संघ एनओसीमा आवद्ध भएपनि जीवनराम अध्यक्ष बनेको निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट राख्दै आएका छन् ।

साथै दर्ता भएका ३० वटा खेलमा पनि अधिकांश खेल संघहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको छैन । तीमध्ये नेपाल उसु संघका साथै इस्पोटर््स, भारोत्तोलन, टेनिस, कुस्ती र नेपाल साइक्लिङ संघ हुन् । यी सबै खेलका दुई वटा सामानान्तर खेल संघहरू छन् । एउटा पक्षलाई सरकार र कानुनले मान्यता दिएको छ भने अर्को पक्ष एनओसीको मात्र मातहतमा सीमित छ । यद्यपि, एनओसीका अध्यक्ष जीवनरामले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुरूप अन्तर्राष्ट्रिय मान्यता पाएका संघहरूलाई पत्र पठाइएको उल्लेख गर्दै ती संघका खेल दर्ता गरिएको बताए ।

खेल दर्तापछि अन्य प्रक्रियाहरू बाई नम्बर र बाइ नेमपछि अन्तिम नामावली रहने एनओसीका अध्यक्ष जीवनरामले उल्लेख गर्दै दर्ता नभएका खेलहरू दर्ता गराउने बारे सुनिश्चित गर्न नसकिने बताए । उनले यस विषयमा छलफल गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई पत्र पठाए पनि जबाफ नआएको दाबी गरे ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार नेतृत्वमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था छ । तर जीवनराम श्रेष्ठले तेस्रो कार्यकालका लागि विधान संशोधन गरी निर्वाचन गराएका थिए । यसको विरोधमा केही खेल संघ र निःवर्तमान महासचिव नीलेन्द्रराज श्रेष्ठले निर्वाचन बहिष्कार गरेका थिए । अदालत, मन्त्रालय र राखेपले पनि उक्त निर्वाचन रोक्न आदेश दिए पनि श्रेष्ठले आदेश आएको भोलिपल्टै हतारमा निर्वाचन सम्पन्न गराएका थिए । यसपछि नै सरकार र एनओसीबीच बिबाद चल्दै आएको छ । मंगलवार नै युवा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालत र उच्च अदालतको अन्तरिम आदेश विपरीत निर्वाचन भएको कार्यसमितिले एशियन गेम्सका लागि खेल दर्ता गरेको भन्ने आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

साथै मन्त्रालयले अवैध ओलम्पिक कमिटीबाट गरिएका कुनै पनि पत्रलाई सरकारले मान्यता नदिने समेत उल्लेख गरेको छ । राखेपको ११९औं बोर्डले अवैध ठहर गरेको कार्यसमितिलाई नेपालमा ओलम्पिक गतिविधि गर्न रोक लगाइएको र उक्त समूहले सूची दर्ता गर्ने अन्तिम मिति जुन ३० मा रहेको भन्नेबारे पनि कुनै सत्यता नरहेको मन्त्रालयले जनाएको छ । आगामी एसियन गेम्समा सहभागी हुन चाहने ३१ वटा खेलहरूको दर्ता पनि भइसकेको जनाएको छ । दर्ता भएसकेको अवस्थामा अतिरञ्जित ढंगले प्रचार गर्दै मन्त्रालयको साख गिराउने काम भइरहेकाले यस किसिमको प्रचारमा नलाग्ने मन्त्रालयले आग्रह गरेको छ ।