८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

काँग्रेस केन्द्रिय समितिमा नेताहरुः सरकार प्रभावकारी हुन सकेन, सात बुँदे सहमति पनि पालना भएन

काँग्रेस केन्द्रिय समितिमा नेताहरुः सरकार प्रभावकारी हुन सकेन, सात बुँदे सहमति पनि पालना भएन
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरुले सरकार प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।

केन्द्रिय समितिको मंगलवारको बैठकमा बोल्ने केन्द्रिय समितिका सदस्यहरुले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै सरकारको कार्यक्षमता माथि नै प्रश्न गरेका हुन् । उनीहरुले सरकार सात बुँदै सहमतिअनुसार अघि बढ्न नसकेको काँग्रेसका केन्द्रिय सदस्यहरुको निष्कर्ष रहेको छ ।

संविधान संशोधनको मुद्दामा अहिले संशोधन भइरहेको भएपनि अन्य सवालमा सरकारले प्रभावकारी बन्न नसकेको काँग्रेस नेताहरुको निष्कर्ष छ । उनीहरुले सरकारले गरेका कमजोरीहरुलाई सच्याउन सुझाव दिएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले सत्ता गठबन्धनभित्र काँग्रेसका पहिचान कम देखिएको भन्दै प्रश्न उठेको बताउनु भयो । उहाँले यथास्थितिबाट काँग्रेसले गति लिन नसक्ने बताउनु भयो । पार्टीलाई नेताप्रधान नभइ नीतिप्रधान बनाउनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनभित्र नेपाली काँग्रेसको पहिचान देखिन कम भयो भन्ने छ । त्यो अभिव्यक्ति केन्द्रिय समितिमा पनि आएको छ । यथास्थितिबाट काँग्रेसले गति लिन सक्दैन । पार्टीलाई नेताप्रधान नभइ नीतिप्रधान बनाउनुपर्छ ।’

काँग्रेस केन्द्रिय सदस्य एवं प्रवक्ता डा। प्रकाशशरण महतले सरकारको प्रभावकारिता बढ्नुपर्ने र मेहनत अझ बढाउनुपर्ने विषयमा केन्द्रिय सदस्यहरुले धारणा राख्नुभएको जानकारी दिनुभयो । उहाँले बजेटको सन्दर्भमा देखिएका समस्यालाई पार्टीले गम्भीरताकासाथ लिएर छलफल गर्नुपर्ने सुझाव आएको बताउनु भयो । सरकारमा उपस्थिति प्रभावकारी हुनुपर्ने सुझाव आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको प्रभावकारिबता बढ्नुपर्यो, मेहनत गर्नुपर्छ । अझ प्रभावकारीताका साथ काम गर्नुपर्छ । कतिपय बजेटको प्रक्रियामा समस्याहरु देखिएका छन्, प्रदेश र केन्द्रमा । यसमा पार्टीले गम्भीरताकासाथ लिनुपर्छ । पार्टीले विशेष सरोकार राखेर छलफल गर्ने र निर्देशन दिने काम गर्नुपर्छ । सरकारमा उपस्थिति प्रभावकारी हुनुपर्छ । कुनैपनि त्रुटी वा कमजोरी हाम्रो तर्फबाट रहनु हुँदैन भन्ने चासो र चिन्ता छ ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सरकार राम्रो र चुस्तसँग चल्नुपर्छ भन्ने धारणा आइरहेको बताउनु भयो । सरकारका कामका बारेमा टिकाटिप्पणी हुनु स्वभाविक भएको पनि बताउनु भयो । सरकारमा रहेको पार्टीले सरकारका सन्दर्भमा आफ्ना विषय र अभिव्यक्ति राख्ने क्रममा सरकारका विषय आउने तर यसलाई नै लिएर सरकार परिवर्तन भइहाल्छ भन्ने नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार राम्रो र चुस्तसँग चल्नुपर्छ भन्ने धारणा आइरहेको छ । सरकारका कामका बारेमा टिकाटिप्पणी हुनु स्वभाविक हो । सरकारमा रहेको पार्टीले सरकारका सन्दर्भमा आफ्ना विषय र अभिव्यक्ति राख्ने क्रममा सरकारका विषय आउँछन्, जोडिन्छन् । यति भन्दैमा सरकार नै परिवर्तन हुन्छ भन्ने विषय होइन ।’

केन्द्रिय सदस्य नारायणप्रकाश साउदले सात बुँदे कार्यक्रमलाई आधार बनाएर सरकार चल्नुपर्ने बताउनु भयो । सात बुँदे कार्यक्रम सरकार गठनको औचित्य, भावि कार्यदिशा र यसले मुलुकलार्ई रुपान्तरणका लागि निर्वाह गर्नुपर्ने भुमिकासँग सम्बन्धित रहेको बताउनु भयो । सरकारले सरकार प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सात बुँदे कार्यक्रमलाई आधार बनाएर सरकार चल्नुपर्छ भन्दै आएका छौँ । सात बुँदे भन्ने बित्तिकै यो सरकार गठनको औचित्य, भावि कार्यदिशा र यसले मुलुकलार्ई रुपान्तरणका लागि निर्वाह गर्नुपर्ने भुमिकासँग सम्बन्धित हुन्छ । यसमा संविधान संशोधन, सुशासन, भ्रष्टाचार निवारणका कुराहरु थुप्रै मुद्दाहरु छन् । यसमा सरकार प्रभावकारी रुपमा काम गर्नुपर्छ भन्नेकुरा पार्टीभित्र राख्दै आएका छौँ ।’

काँग्रेस केन्द्रिय सदस्य राजन केसीले सात बुँदेअन्तर्गतको संविधान संशोधनको मुद्दाबारे गृहकार्य भइरहेको बताउनु भयो । सरकारबाट भएका कमी, कमजोरी सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सात बुँदेमा हाम्रो संविधान संशोधनको मुद्दा पनि थियो । त्यो मुद्दामा गृहकार्य भइरहेको छ । अन्य सवालमा काम भइरहेको छ । अब काम गर्दै जाँदा कतिपय कमी, कमजोरी भएका होलान् । त्यसलाई सच्याएर लैजाने हो । लोकतन्त्रमा पहिलो र दोस्रो हुने पार्टी स्थिर सरकार दिनका लागि अभ्यास गरिएको छ । स्थिर सरकारले नै मुलुकको विकास गति अघि बढ्छ । संविधान संशोधनका लागि गृहकार्य भइरहेको छ ।’

उहाँले लोकतन्त्रमा पहिलो र दोस्रो हुने पार्टी स्थिर सरकार दिनका लागि अभ्यास गरिएको बताउनु भयो । स्थिर सरकारले नै मुलुकको विकास गति अघि बढाउने बताउनु भयो ।