१७ असार २०८३, बुधबार
,
Latest
देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनका एक महिनाः ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते



अ+ अ-

काठमाडौँ । गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको छ ।

समीक्षा अवधिमा एउटा पुल, सातवटा गोठ र १४ चौपाया मरेका छन् । पहिरोबाट रु दुई करोड २१ लाख बराबरको क्षति भएको छ ।

यसैगरी, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा चार जना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् । चार वटा घरमा क्षति भएको छ ।

चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । विपद्का घटनामा रु २६ करोडको आर्थिक क्षति भएको छ ।




भर्खरै