७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौनकले राखे कीर्तिमान



अ+ अ-

काठमाडौँ । नेपाली यू–१६ क्रिकेट टोलीका ब्याट्सम्यान रौनक श्रीवास्तवले ५० ओभरको खेलमा सबैभन्दा उच्च व्यक्तिगत स्कोर बनाउने नेपाली खेलाडीको कीर्तमान बनाएका छन् ।

भुटानविरुद्धको खेलमा एक्लै १६८ रन जोड्दै रौनकले नेपालका लागि अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक व्यक्तिगत योगफलको कीर्तिमान बनाएका हुन् ।

कुनै पनि उमेर समूहको अन्तर्राष्ट्रिय खेलमा नेपाली ब्याट्सम्यानले बनाएको यो उच्च व्यक्तिगत स्कोर हो ।

यसअघि यो कीर्तिमान अर्जुन कुमालको नाममा थियो । अर्जुनले एसीसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४२ रन बनाएका थिए ।

यसअघि कुनै पनि उमेर समूहको क्रिकेटमा नेपाली ब्याटरले १५० को व्यक्तिगत आँकडा पार गर्न सकेका थिएनन् । राष्ट्रिय टीमबाट सर्वाधिक रनको कीर्तिमान भने कप्तान रोहित पौडेलको नाममा छ । उनले २०७८ सालमा पपुवा न्यूगिनीविरुद्ध १२६ रन बनाएका थिए ।