३० आश्विन २०८१, बुधबार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ पाठशालामा नेकपा : नीति या विचार लिने कि अनुभव ?



अ+ अ-

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९९ वर्ष पुगेको सन्दर्भमा शुक्रबार राजधानीमा नेपालले भर्चुअल कार्यशालाको आयोजना गर्यो । यसको नाम कार्यशाला दिएको भए पनि यो पाठशाला हो । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु समेत जोडिएको सो कार्यशालामा प्रशिक्षणको स्वरुपमा कार्यक्रम सम्पन्न भएको थियो । यसमा नेपालको सातै प्रदेशमा नेताहरू समूह समूहमा बसेर सहभागी भएका थिए र हुने काठमाडौंमा रहनेहरू धुम्बहारीमा भेला भएका थिए । पार्टी अध्यक्ष दाहाल २ बजे सहभागी भएका थिए । कार्यशाला नाम दिइएको यो पाठशालामा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले प्रशिक्षण नै दिएका थिए । यताबाट पनि पार्टी अध्यक्षले आफ्नो कुरा राखेका थिए । 

हेर्दा सामान्यजस्तो देखिए पनि पाठशालाको गम्भीर अर्थ रहेको छ । पाठशाला भनेपछि विचार लिने, प्रशिक्षण लिने र उनीहरुका नीति र सिद्धान्त लिने भन्ने हो । तर यो नेपालका प्रजातान्त्रिक पद्दतिबाट अर्थात संसदीय निर्वाचनको माध्यमबाट छानिएका प्रतिनिधिहरुबाट सरकार निर्माण भइरहेको र संसदीय निर्वाचनमा विश्वास गरेर जनताको बीचमा गई निर्वाचित हुने र संसदीय प्रतिश्पर्धामा नै उत्रिएको पार्टीले नै चिनियाँ कम्युनिष्ट पार्टीको प्रशिक्षण लिने काम त्यति सुहाउँदो होइन । नेकपा अब काँग्रेस या अरु प्रजातान्त्रिक पार्टीजस्तै बुहदलीय संसदीय प्रतिश्पर्धामा विश्वास गरेर बहुमत र अल्पमतको आधारमा सरकारमा जाने र विपक्षी दलका रुपमा संसदमा बस्ने अभ्यासमा छ । यो कार्य तत्कालीन नेकपाल एमालेले उहिल्यैदेखि गरेको हो भने दुई वर्षअघि त्यसमा माओवादी पार्टी विलय भएपछि बनेको नेकपाले पनि यही राजनीतिक प्रणाली अंगालीसकेको सर्वविदितै छ । त्यसैले उनीहरुले यसरी विदेशी कुनै राजनीतिक दलको प्रशिक्षण लिने र विचार तथा उनीहरुको नीतिकै लागि अभ्यास गर्ने भनेको राम्रो होइन । यसले नेकपाको आफ्नो विचार तथा नीति नै नभएको भन्ने लाग्छ । कुनै पनि राजीतिक दलको आफ्नै नीति, सिद्धान्त र विचार हुन्छ र यसैमार्फत नै उनीहरुले आफ्ना राजनीतिक क्रियाकलापहरु सञ्चालन गर्ने गर्दछन् । 

तर बेला बेलामा नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीको पाठशाला चालाउनु त्यति सान्दर्भिक हुदैन किनभने चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाको पाठशाला मिल्दैन । नाममात्र मिल्नु तर उनीहरुको सिद्धान्त र व्यवहार नमिल्नु भनेको पाठशाला पनि मिल्दैन । त्यसैले त्यस्ता पार्टीहरुले विचार लिने होइन कि अनुभव चाहिँ लिन सक्छन् । चिनियाँ कम्युनिष्ट पार्टीले त्यहाँ गरेको विकासका कामलाई यहाँ अनुभवका रुपमा लिन सक्छन् । उनीहरुले गरेका उन्नति र प्रगतिहरुलाई अनुभवका रुपमा लिन सक्छन् । तर विचार लिनु भनेको सिद्धान्त लिनु हो र कम्युनिष्ट पार्टीको सिद्धान्त त्यहाँ र यहाँको विल्कुलै मिल्दैन । 

के प्रचण्डले यस्तो बोल्न मिल्छ ? 
यो देशको प्रधानमन्त्री भइसकेका र नेकपाका अध्यक्ष प्रचण्ड पनि त्यो पाठशालामा सहभागी थिए । मुलुकको कार्यकारी प्रमुख भइसकेको एकजना व्यक्तिले सो चिनियाँ समारोहमा बोल्दा चीनको समर्थन र अमेरिकाको विरोध गर्नु त्यति उचित होइन । उनी चिनियाँ पाठशालामा बोल्दै थिए र त्यहाँ बिआरआईको प्रसंशा गरेर त्यो ठीक छ । तर पनि कुनै सैन्य या सुरक्षा स्वार्थ जोडिएका विदेशी सहायता लिँदैनौँ भनेर अमेरिकाको एमसीसीप्रति संकेत गरे । वास्तवमा त्यो परियोजना स्वीकार गर्ने र नगर्ने अधिकार प्रचण्डसँग, अथवा नेपाली नागरिकसँग छ । यो अधिकारमाथि अमेरिकाले पनि बलजफ्ती गर्न सक्दैन, मिल्दैन त्यो पनि स्वाभाविक हो । तर पनि हामीले अमेरिकी सहयोग लिँदैनौँ भनेर चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको औपचारिक समारोहमै भन्ने चाहिँ होइन । त्यो पनि उनले सुरक्षा स्वार्थ जोडिएका यस्ता अयोजना लिइँदैन भनेर आक्षेप लगाउनु पनि त्यति राम्रो होइन किनभने अमेरिकाले अहिलेसम्म यो आयोजना सैनिक सहायता होइन भनेर बारम्बार भनिरहेको छ । हामी पञ्चशीलको सिद्धान्तको आधारमा असंलग्न परराष्ट्र नीति अंगाल्ने राष्ट्रका नागरिक हौँ । त्यसैले यसरी एक देशको त्यो पनि सत्ताधारी राजनीतिक दलले आयोजना गरेको कार्यक्रममा गएर अर्का देशका विरुद्ध बोल्नु देशको प्रधानमन्त्री भइसकेको तथा देशको सत्तारुढ दलको अध्यक्षजस्तो व्यक्तिलाई सुहाउँदैन ।