२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता

चिनियाँ पाठशालामा नेकपा : नीति या विचार लिने कि अनुभव ?

चिनियाँ पाठशालामा नेकपा : नीति या विचार लिने कि अनुभव ?
अ अ+ अ-

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९९ वर्ष पुगेको सन्दर्भमा शुक्रबार राजधानीमा नेपालले भर्चुअल कार्यशालाको आयोजना गर्यो । यसको नाम कार्यशाला दिएको भए पनि यो पाठशाला हो । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु समेत जोडिएको सो कार्यशालामा प्रशिक्षणको स्वरुपमा कार्यक्रम सम्पन्न भएको थियो । यसमा नेपालको सातै प्रदेशमा नेताहरू समूह समूहमा बसेर सहभागी भएका थिए र हुने काठमाडौंमा रहनेहरू धुम्बहारीमा भेला भएका थिए । पार्टी अध्यक्ष दाहाल २ बजे सहभागी भएका थिए । कार्यशाला नाम दिइएको यो पाठशालामा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले प्रशिक्षण नै दिएका थिए । यताबाट पनि पार्टी अध्यक्षले आफ्नो कुरा राखेका थिए । 

हेर्दा सामान्यजस्तो देखिए पनि पाठशालाको गम्भीर अर्थ रहेको छ । पाठशाला भनेपछि विचार लिने, प्रशिक्षण लिने र उनीहरुका नीति र सिद्धान्त लिने भन्ने हो । तर यो नेपालका प्रजातान्त्रिक पद्दतिबाट अर्थात संसदीय निर्वाचनको माध्यमबाट छानिएका प्रतिनिधिहरुबाट सरकार निर्माण भइरहेको र संसदीय निर्वाचनमा विश्वास गरेर जनताको बीचमा गई निर्वाचित हुने र संसदीय प्रतिश्पर्धामा नै उत्रिएको पार्टीले नै चिनियाँ कम्युनिष्ट पार्टीको प्रशिक्षण लिने काम त्यति सुहाउँदो होइन । नेकपा अब काँग्रेस या अरु प्रजातान्त्रिक पार्टीजस्तै बुहदलीय संसदीय प्रतिश्पर्धामा विश्वास गरेर बहुमत र अल्पमतको आधारमा सरकारमा जाने र विपक्षी दलका रुपमा संसदमा बस्ने अभ्यासमा छ । यो कार्य तत्कालीन नेकपाल एमालेले उहिल्यैदेखि गरेको हो भने दुई वर्षअघि त्यसमा माओवादी पार्टी विलय भएपछि बनेको नेकपाले पनि यही राजनीतिक प्रणाली अंगालीसकेको सर्वविदितै छ । त्यसैले उनीहरुले यसरी विदेशी कुनै राजनीतिक दलको प्रशिक्षण लिने र विचार तथा उनीहरुको नीतिकै लागि अभ्यास गर्ने भनेको राम्रो होइन । यसले नेकपाको आफ्नो विचार तथा नीति नै नभएको भन्ने लाग्छ । कुनै पनि राजीतिक दलको आफ्नै नीति, सिद्धान्त र विचार हुन्छ र यसैमार्फत नै उनीहरुले आफ्ना राजनीतिक क्रियाकलापहरु सञ्चालन गर्ने गर्दछन् । 

तर बेला बेलामा नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीको पाठशाला चालाउनु त्यति सान्दर्भिक हुदैन किनभने चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाको पाठशाला मिल्दैन । नाममात्र मिल्नु तर उनीहरुको सिद्धान्त र व्यवहार नमिल्नु भनेको पाठशाला पनि मिल्दैन । त्यसैले त्यस्ता पार्टीहरुले विचार लिने होइन कि अनुभव चाहिँ लिन सक्छन् । चिनियाँ कम्युनिष्ट पार्टीले त्यहाँ गरेको विकासका कामलाई यहाँ अनुभवका रुपमा लिन सक्छन् । उनीहरुले गरेका उन्नति र प्रगतिहरुलाई अनुभवका रुपमा लिन सक्छन् । तर विचार लिनु भनेको सिद्धान्त लिनु हो र कम्युनिष्ट पार्टीको सिद्धान्त त्यहाँ र यहाँको विल्कुलै मिल्दैन । 

के प्रचण्डले यस्तो बोल्न मिल्छ ? 
यो देशको प्रधानमन्त्री भइसकेका र नेकपाका अध्यक्ष प्रचण्ड पनि त्यो पाठशालामा सहभागी थिए । मुलुकको कार्यकारी प्रमुख भइसकेको एकजना व्यक्तिले सो चिनियाँ समारोहमा बोल्दा चीनको समर्थन र अमेरिकाको विरोध गर्नु त्यति उचित होइन । उनी चिनियाँ पाठशालामा बोल्दै थिए र त्यहाँ बिआरआईको प्रसंशा गरेर त्यो ठीक छ । तर पनि कुनै सैन्य या सुरक्षा स्वार्थ जोडिएका विदेशी सहायता लिँदैनौँ भनेर अमेरिकाको एमसीसीप्रति संकेत गरे । वास्तवमा त्यो परियोजना स्वीकार गर्ने र नगर्ने अधिकार प्रचण्डसँग, अथवा नेपाली नागरिकसँग छ । यो अधिकारमाथि अमेरिकाले पनि बलजफ्ती गर्न सक्दैन, मिल्दैन त्यो पनि स्वाभाविक हो । तर पनि हामीले अमेरिकी सहयोग लिँदैनौँ भनेर चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको औपचारिक समारोहमै भन्ने चाहिँ होइन । त्यो पनि उनले सुरक्षा स्वार्थ जोडिएका यस्ता अयोजना लिइँदैन भनेर आक्षेप लगाउनु पनि त्यति राम्रो होइन किनभने अमेरिकाले अहिलेसम्म यो आयोजना सैनिक सहायता होइन भनेर बारम्बार भनिरहेको छ । हामी पञ्चशीलको सिद्धान्तको आधारमा असंलग्न परराष्ट्र नीति अंगाल्ने राष्ट्रका नागरिक हौँ । त्यसैले यसरी एक देशको त्यो पनि सत्ताधारी राजनीतिक दलले आयोजना गरेको कार्यक्रममा गएर अर्का देशका विरुद्ध बोल्नु देशको प्रधानमन्त्री भइसकेको तथा देशको सत्तारुढ दलको अध्यक्षजस्तो व्यक्तिलाई सुहाउँदैन ।