२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौनकको शानदार शतकमा नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । रौनक श्रीवास्तवको शानदार शतकमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानलाइ ३५९ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो । विशाल योगफल बनाउन रौनकले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रन बनाए । त्यस्तै, जोय थापा ६१ रनमा अविजित रहँदा शिवांश बजगाइले ५४ रन बनाए ।

यस्तै, भुटानका सन्जय दोर्जीले ३ विकेट लिँदा तेन्जिन लोदेले १ विकेट लिए ।

हालसम्म खेलेका तीनवटै खेल जितेको नेपालले सेमिफाइनल खेल्ने पक्का भइसकेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा जापानलाई ९ विकेटले र तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।