८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण
अ अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले विपद् व्यवस्थापनमा सघाउनका लागि प्रहरीलाई सोमबार विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाभित्र रहेका प्रहरीका पाँच युनिटलाई नगरप्रमुख हेमराज ओझाले विपद् उद्धार सामग्री हस्तान्तरण गर्नुभएको हो ।

नगरप्रमुख ओझाका अनुसार प्रहरीका पाँचवटै युनिटलाई रेनकोट, सर्चलाइट, डोरी, ग्याम्बुटलगायत सामग्री हस्तान्तरण गरिएको छ । प्रत्येक युनिटलाई पाँच वटा समूहका दरले विपद् उद्धार सामग्री प्रदान गरिएको छ ।

बङ्कस्थित दङ्गा प्रहरी गण, इलाका प्रहरी कार्यालय गुलरिया, प्रहरी पोष्ट वाणी, गजरौला, रैकवार विचवा र वडा नं १ स्थित प्रहरी युनिटलाई उद्धारसम्बन्धी सामग्री उपलब्ध गराइएको छ ।

“प्रहरीले पहिलो पङ्क्तिमा रहेर विपद्का बेलामा खटिने गरेको छ”, नगरप्रमुख ओझाले भन्नुभयो, “प्रदान गरिएका सामग्रीले उद्धारका बेला सघाउ पुर्‍याउँछ, विपद् आइपर्दा प्रहरीले तत्काल उद्धार सामग्री प्रयोग गरेर पीडितलाई छिटो सहयोग पुर्‍याउन सक्छन्, समयमै सामग्रीसहित उद्धार हुँदा मानवीय क्षतिसँगै पशुपक्षी र सम्पत्तिलाई जोगाउन सकिन्छ ।”

नगरपालिकाको विपद् शाखाका प्रमुख प्रेम बोगटीले पहिलो पटकका लागि थोरैमात्रै सामग्री उपलब्ध गराउन सकेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा प्रहरीलाई आवश्यक विपद् उद्धार सामग्री प्रदानका लागि पर्याप्त बजेटको व्यवस्था गरिने जानकारी दिनुभयो ।   रासस