८ पुष २०८२, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण



अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले विपद् व्यवस्थापनमा सघाउनका लागि प्रहरीलाई सोमबार विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाभित्र रहेका प्रहरीका पाँच युनिटलाई नगरप्रमुख हेमराज ओझाले विपद् उद्धार सामग्री हस्तान्तरण गर्नुभएको हो ।

नगरप्रमुख ओझाका अनुसार प्रहरीका पाँचवटै युनिटलाई रेनकोट, सर्चलाइट, डोरी, ग्याम्बुटलगायत सामग्री हस्तान्तरण गरिएको छ । प्रत्येक युनिटलाई पाँच वटा समूहका दरले विपद् उद्धार सामग्री प्रदान गरिएको छ ।

बङ्कस्थित दङ्गा प्रहरी गण, इलाका प्रहरी कार्यालय गुलरिया, प्रहरी पोष्ट वाणी, गजरौला, रैकवार विचवा र वडा नं १ स्थित प्रहरी युनिटलाई उद्धारसम्बन्धी सामग्री उपलब्ध गराइएको छ ।

“प्रहरीले पहिलो पङ्क्तिमा रहेर विपद्का बेलामा खटिने गरेको छ”, नगरप्रमुख ओझाले भन्नुभयो, “प्रदान गरिएका सामग्रीले उद्धारका बेला सघाउ पुर्‍याउँछ, विपद् आइपर्दा प्रहरीले तत्काल उद्धार सामग्री प्रयोग गरेर पीडितलाई छिटो सहयोग पुर्‍याउन सक्छन्, समयमै सामग्रीसहित उद्धार हुँदा मानवीय क्षतिसँगै पशुपक्षी र सम्पत्तिलाई जोगाउन सकिन्छ ।”

नगरपालिकाको विपद् शाखाका प्रमुख प्रेम बोगटीले पहिलो पटकका लागि थोरैमात्रै सामग्री उपलब्ध गराउन सकेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा प्रहरीलाई आवश्यक विपद् उद्धार सामग्री प्रदानका लागि पर्याप्त बजेटको व्यवस्था गरिने जानकारी दिनुभयो ।   रासस