२८ असार २०८३, आईतवार
,
Latest
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन ‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक गणेश नेपाली मृत्यु प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन, विभिन्न क्षेत्रका कार्यक्रम प्रभावकारी बनाइने सुकुम्बासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतंक मच्चाएको आरोप शैक्षिक परामर्श नियमावली–२०८३ विरुद्ध व्यवसायी एकजुट, संशोधन नभए देशव्यापी आन्दोलनको चेतावनी नेपाली सेनाद्वारा घाइतको हवाई उद्धार पोखरामा आकस्मिक प्रदुषण परीक्षणः अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिव पदको जिम्मेवारी कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलाई दिनुभएको छ ।

कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले मन्त्रिस्तरीय निर्णय गरी कार्यकारी निर्देशक जोशीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही असार ७ गते विद्युतीय शवदाहगृह यन्त्र खरिद प्रकरणमा सदस्य सचिव डा मिलनकुमार थापालगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतमा मुद्दा दायर भएपछि स्वत: पदबाट निलम्वन हुने कानुनी व्यवस्था अनुसार सदस्य सचिव पद रिक्त भएको हो ।

नवनियुक्त निमित्त सदस्य सचिव जोशीको पदावधि आगामी भदौ १८ गतेसम्म रहेको कोषले जनाएको छ । करिब दुई महिनामात्र उहाँको निमित्त सदस्य सचिवको कार्यकाल हुनेछ ।