९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

प्रधानमन्त्रीद्वारा विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान

प्रधानमन्त्रीद्वारा विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान
अ अ+ अ-

सेभिया, (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गर्नुभएको छ ।

स्पेनको सेभिया (सेभिल्ला)मा जारी सम्मेलनमा प्रधानमन्त्री ओलीले अल्पविकसित देशहरूको समूहका तर्फबाट आवाज प्रस्तुत गर्दै धनी र विकसित मुलुकले आफूले विश्वकासामु गरेका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनका लागि जोड दिनुभयो । यस सम्मेलनले अनुमोदन गर्ने सङ्कल्पले दिगो विकासका लागि सन् २०३० को एजेन्डा प्राप्तिका लागि नवीकरण गरिएको विश्वव्यापी वित्तपोषण ढाँचाको प्रतिज्ञा रहेको उहाँको भनाइ छ ।

“विकासशील देशहरू तथा विशेषगरी अल्पविकसित देशहरूले यसको पूर्ण कार्यान्वयनका लागि सद्भाव र उच्च मनोबलका साथ जोडदार रूपमा आग्रह गर्छन् । यस सन्दर्भमा, हामी विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गर्दछौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विश्वव्यापी वित्तीय संरचनाको सुधारका पक्षमा छौँ । हामी हाम्रा विकास साझेदारलाई विकासशील देशलाई शून्य दशमलव सात प्रतिशत आधिकारिक विकास सहायता ९ओडिए० प्रतिबद्धता प्रदान गर्न र अल्पविकसित देशका लागि शून्य दशमलव दुई प्रतिशतभन्दा बढी पूरा गर्न आग्रह गर्दछौँ ।”

प्रधानमन्त्री ओलीले आफूहरू नियममा आधारित र समतामूलक विश्वव्यापी व्यापार प्रणालीका पक्षमा रहेको स्पष्ट गर्दै त्यसो हुनसकेमा सबै देशले लाभ प्राप्त गर्नसक्ने बताउनुभयो । उहाँले सबैलाई साझा समृद्धि ल्याउने मूल्य शृङ्खलामार्फत विश्वव्यापी उत्तर र दक्षिणलाई जोड्न निजी क्षेत्रको सहयोगका पक्षमा भएको बताउनुभयो । उहाँले सहुलियतपूर्ण, अनुमानयोग्य र पहुँचयोग्य तथा पर्याप्त जलवायु वित्तका लागि आह्वान गर्दै विकासका लागि वित्तसम्बन्धी चौथो सम्मेलनले यसका लागि महत्त्वपूर्ण उत्प्रेरणाको आधार खडा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विश्वको कूल गार्हस्थ (जिडिटी)को तुलनामा अल्पविकसित मुलुकको प्रगति सन्तोषजनक नहुनु र कतिपय मुलुकमा तेब्बर घाटा ९ऋण० हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै न्याय, पारदर्शिता र समतामूलक आधारमा विश्व आर्थिक प्रणालीको ‘कोर्स करेक्सन’ गर्न आह्वान गर्नुभयो । उहाँले नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेकाले यसका लागि विकास साझेदारबाट उचित सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महाससिचव एन्टेनियो गुटेरेसबीच दुईपक्षीय भेटवार्ता भएको थियो ।