८ पुष २०८२, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट ६ खेलाडी तथा समान एक प्रशिक्षक, निर्णायक र चिकित्सकलाई सम्मान गरेको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा सोमवार कुल ९ जना खेलकर्मी राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मानित भएका हुन् ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई सम्मान गरे । सबैलाई सम्मानपत्र र नगद एक लाख पुरस्कारबाट सम्मान गरिएको हो ।

खेलाडीतर्फको पुरस्कारबाट तेक्वान्दोका तीन खेलाडी वीरबहादुर महरा, प्रेमबहादुर लिम्बू र पारा तेक्वान्दोका भरतसिंह महता, कबड्डीका मानमति बिष्ट र अनुजा कुलुङ राई र फुटबलकी दीपा शाही पुरस्कृत भए ।

मानमति र अनुजा चीनमा सम्पन्न १९औं एसियन गेम्समा नेपालका लागि कांस्य पदक विजेता महिला कबड्डी टोलीका सदस्य हुन् । प्रशिक्षकको पुरस्कारबाट पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा पुरस्कृत भए ।

पेरिसमा सम्पन्न पारालिम्पकमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक दिलाउँदा लामा प्रशिक्षक हुन् । निर्णायकतर्फ बक्सिङका धनकुमार मैनाली र चिकित्सकतर्फ डा. राजु डंगोलले पुरस्कृत भए । सोही अवसरमा खेलकुद पत्रकारिता सम्मानबाट नयाँपत्रिकाका खेलपत्रकार श्रीलोचन राजोपाध्याय सम्मान भए । उनी नगद ५० हजार सम्मानपत्रबाट सम्मानित भएका हुन् ।

खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारतर्फ कोशी प्रदेशका मुकुन्द घिमिरे र समावेशी महिलातर्फ नमिता दाहाल पुरस्कृत भएका छन् । घिमिरेले बिजमान्डुमा र दाहालले अन्नपूर्णपोस्टमा खेलकुद विधामा कलम चलाउँदै आएका छन् ।

गण्डकी प्रदेशबाट दिननाथ बराल, मधेशबाट सरदचन्द्र भट्टराई, बागमतीबाट विक्रमकुमार बानियाँ,कर्णालीबाट दिनेशकुमार बुढा, सुदूरपश्चिमबाट दिनेशबहादुर विष्ट र समावेशी दलित तर्फबाट रूपा गहतराजले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरे । प्रोत्साहन पुरस्कारतर्फ उनीहरूले सम्मानपत्र र नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

खेलकुदमन्त्री चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल र राखेप सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई सम्मान गरेका थिए ।