६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।
सोमवार बसेको निर्वाचन आयोगको बैठकले रिक्त प्रतिनिधि सभा सदस्य पदमा कार्तिक १७ गते सोमवार उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।

बोहोराको गएको चैत्र १९ गते क्रममा निधन भएको थियो । बोहराको निधनसँगै रिक्त निर्वाचन क्षेत्रमा कार्तिक १७ गते सोमवार निर्वाचन हुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम रुपन्देही जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा रिक्त प्रतिनिधि सभा सदस्य पदमा २०८२ कात्तिक १७ गते सोमवारका दिन उपनिर्वाचन गर्नेगरी निर्वाचन गर्ने निर्णय भएको छ ।’

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम रिक्त पदमा निर्वाचन गराइएको हो ।