८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गोष्ठीमा भाग लिन सञ्चारदेखि स्वास्थ्यसचिवसम्म विदेश भ्रमणमा जाँदै

गोष्ठीमा भाग लिन सञ्चारदेखि स्वास्थ्यसचिवसम्म विदेश भ्रमणमा जाँदै
अ अ+ अ-

काठमाडौँ । सरकारले एकै पटक ठूलो संख्यामा सचिवहरुको विदेश भ्रमणमा स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै विभिन्न फोरमहरुमा भाग लिन जानका लागि सचिवहरुको भ्रमण स्वीकृत गरिएको जानकारी दिनुभएको हो ।

उहाँकाअनुसार सञ्चारसचिव राधिका अर्याल, खानेपानीसचिव प्रमिलादेवी शाक्य बज्राचार्य, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाको विदेश भ्रमणमा असार १३ को मन्त्रिपरिषद् बैठले स्वीकृत गरेको छ । सचिवदेखि मन्त्रीसम्मको विदेश भ्रमणको स्वीकृति क्याबिनेटबाट गराएर जानुपर्ने हुन्छ । त्यो भन्दा तलका पदको मन्त्रालय वा मन्त्रीले स्वीकृत गर्ने प्रचलन छ ।

उहाँले भन्नुभयो– ‘विभिन्न फोरमहरुमा भाग लिन निम्तो आउने गरेको छ । मलाइ (सञ्चारमन्त्री) लाई पनि निम्तो आएको थियो तर म अरु देश जाने भएँ । चीनमा हुने आइटीसम्बन्धि गोष्ठीमा भाग लिन सञ्चार सचिव जानुहुन्छ । यस्तै प्रकारले विभिन्न मन्त्रालयका सचिवहरुको भ्रमण स्वीकृत गरेका छौं । खानेपानी मन्त्रालयको सचिव पनि बाहिर जाँदै हुनुहुन्छ । भौतिक पूर्वाधार मन्त्रालयको सचिव पनि जाँदै हुनुहुन्छ । सञ्चार मन्त्रालयको पनि जाँदै हुनुहुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पनि बाहिर जाँदै हुनुहुन्छ । मन्त्रालयहरुको विदेश भ्रमणको प्रश्तावलाई हामीले स्वीकृत मात्रै गरेको हो ।’

सचिव मात्रै नभएर मन्त्रीहरु समेत विदेश भ्रमणमा जाँदै हुनुहुन्छ । मन्त्रीपरिषद् बैठकले  २०८२ असार ३० गतेदेखि साउन १ गतेसम्म भियतनामको हनोईमा सञ्चालन हुने एक कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई सहभागी हुन मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको पनि पेरिस भ्रमण स्वीकृत गरेको छ । त्यसो त, अहिले प्रधानमन्त्री नै विदेश भ्रमणमा हुनुहुन्छ ।