५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आयोः सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताउनुभएको छ ।

संसदीय सुनुवाई समितिको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सोमवार समितिको बैठकमा सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति सिंह थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश थापाले कार्ययोजना प्रश्तुत गर्नुभएसँगै बोल्दै सांसद शर्माले यसलाई सच्याउने योजना के छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले समाज अहिले विचार विहिनताको अवस्था रहेको बताउनु भयो । यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको बताउनु भयो । लोकतन्त्र एउटा वर्ग र जातिको मात्रै हुनु नहुने बताउनु भयो ।

सांसद शर्माले भन्नुभयो, ‘लोकतन्त्र एउटा वर्ग र जातिको मात्रै हुनु हुँदैन । लोकतन्त्र सबै वर्ग, जाती र लिङ्गको समावेशितामा हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरेर त्यसको पक्षमा लडेको र अहिले पनि आवाज उठाइरहेको सन्दर्भमा समावेशी अर्थमा तपाईंको सिफारिस भएको छ । खुशी व्यक्त गर्न चाहन्छु । राजनीतिक, सामाजिक, न्यायिक क्षेत्रमा हेरे पनि एउटा विचलनको अवस्था छ । विचार विहिनताको अवस्था रहेको छ । यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको छ । हाम्रा प्रगतिशिल दिशाहरुबाट पछि हट्ने गरी घटनाहरु भइरहेका देखिन्छन् । एउटा सुसूचित समाज निर्माण गर्ने दायित्व सबैसँग छ ।’

सांसद शर्माले न्यायाधीशले गल्ती गर्न नहुने तर कसैसँग बोल्नै नहुने भन्न्ने नरहेको बताउनु भयो ।