८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित भागेका थुनुवा बालाजुबाट पक्राउ परे



अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा पक्राउ परेका छन् ।

हत्कडीसहित फरार भएका थुनुवा निराजनजंग ठकुरी भन्ने दशरथ शाही बालाजु बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।

पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भएका काठमाडौं गोंगबु बस्ने २१ वर्षीय उनी आइतबार अदालतबार्ट फरार भएका थिए ।

उनी चोरी कसुरमा पक्राउ परेका व्यक्ति हुन् । प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

उनी थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका थिए ।