२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक स्रोतसाधनको सदुपयोगबाट जनतालाई समृद्ध बनाउनुपर्छः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल किसान महासङ्घद्वारा राष्ट्रिय धान दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले सरकारले उपलब्ध गराउने अनुदानबाट कृषि उत्पादनमा आउने वृद्धिले त्यसको लागत घट्ने बताउनुभयो ।

विकासका थुप्रै सम्भावना हुँदाहुँदै देशको विकास हुन नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीसँग भएका थुप्रै प्राकृतिक स्रोतसाधनको सदुपयोग गरी जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्छ ।”

कृषि, उद्योग, पर्यटन, पूर्वाधार, ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले कृषिको आधुनिकीकरण, व्यावसायीकरण, औद्योगिकीकरण र विविधीकरणबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सकिने बताउनुभयो ।

अध्यक्ष नेपालले पछिल्लो समय कम्युनिष्ट पार्टीमा अवसरवादी प्रवृत्ति बढ्दै गएकाले कम्युनिष्ट आन्दोलनमा विचलन आएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो पार्टीले वैचारिक दृष्टिकोण निकट रहेका राजनीतिक दलहरुसँग सहकार्य गरी वामपन्थी आन्दोलनको रक्षा गर्दै कम्युनिष्ट विचार र लोककल्याणकारी कार्यक्रमलाई अगाडि बढाउने जानकारी दिनुभयो । रासस