३ श्रावण २०८३, आईतवार
,
Latest
भिडियो विवादपछि ज्ञानेन्द्र शाहीको प्रतिक्रिया : ‘जापानको रक्सी पनि कडा रहेछ’ साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा मकवानपुरको टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित केही नेताहरूको पदलोलुपता र व्यक्तिगत स्वार्थका लागि राजनीतिक सांठगाँठ हुनुहुदैन: झलनाथ खनाल बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानून निर्माणमा सांसद आचार्यको जोड जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग बाल सुधार गृहको दयनीय अवस्था सुधार गर्न र मौजुदा कानून कार्यान्वयन गर्न सांसद कर्णको माग लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक स्रोतसाधनको सदुपयोगबाट जनतालाई समृद्ध बनाउनुपर्छः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल किसान महासङ्घद्वारा राष्ट्रिय धान दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले सरकारले उपलब्ध गराउने अनुदानबाट कृषि उत्पादनमा आउने वृद्धिले त्यसको लागत घट्ने बताउनुभयो ।

विकासका थुप्रै सम्भावना हुँदाहुँदै देशको विकास हुन नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीसँग भएका थुप्रै प्राकृतिक स्रोतसाधनको सदुपयोग गरी जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्छ ।”

कृषि, उद्योग, पर्यटन, पूर्वाधार, ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले कृषिको आधुनिकीकरण, व्यावसायीकरण, औद्योगिकीकरण र विविधीकरणबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सकिने बताउनुभयो ।

अध्यक्ष नेपालले पछिल्लो समय कम्युनिष्ट पार्टीमा अवसरवादी प्रवृत्ति बढ्दै गएकाले कम्युनिष्ट आन्दोलनमा विचलन आएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो पार्टीले वैचारिक दृष्टिकोण निकट रहेका राजनीतिक दलहरुसँग सहकार्य गरी वामपन्थी आन्दोलनको रक्षा गर्दै कम्युनिष्ट विचार र लोककल्याणकारी कार्यक्रमलाई अगाडि बढाउने जानकारी दिनुभयो । रासस