८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

रोटरी क्लब अफ राजधानी: अध्यक्ष गौतमको बिदाइ, कार्यकाल ऐतिहासिक उपलब्धिपूर्ण भएको ठम्याई

रोटरी क्लब अफ राजधानी: अध्यक्ष गौतमको बिदाइ, कार्यकाल ऐतिहासिक उपलब्धिपूर्ण भएको ठम्याई
अ+ अ-

काठमाडौं । रोटरी क्लब अफ राजधानीले अध्यक्ष तथा समाजसेवी कुमार गौतमको कार्यकाल समापन गर्दै १११५औं तथा यस वर्षको ५२औं साप्ताहिक बैठक एकैसाथ बिदाइ समारोहको रूपमा सम्पन्न गरेको छ।

गौतमको नेतृत्वमा क्लबले रोटरी वर्ष २०२४/२५ मा ५२ साप्ताहिक बैठकहरू नियमित रूपमा सम्पन्न गरेको छ। उनको कार्यकालमा क्लबले ३० भन्दा बढी सेवा परियोजना सम्पन्न गर्नुका साथै रोटरी फाउण्डेसनमा ५४ हजार अमेरिकी डलर बराबरको योगदान गरेर इतिहास रचेको छ।

कार्यक्रममा अध्यक्ष गौतमले कार्यकालका अनुभव सुनाउदै सबै पदाधिकारी र सदस्यहरूप्रति आभार प्रकट गरे। उनले भने, “सामूहिक प्रयास, पारदर्शिता र समर्पणले मात्र संस्था बलियो बन्छभएको बताउनु भयो ।

गौतमको कार्यकालमा क्लबले “हिमाल सरसफाइ अभियान” अन्तर्गत ६ हजार मिटर उचाइमा पुगेर ५०० केजीभन्दा बढी फोहोर व्यवस्थापन गरेको थियो। त्यस्तै, ७ जना नयाँ सदस्यको प्रवेश, मासिक बुलेटिन ‘राजधानी भ्वाइस’ को नियमित प्रकाशन, र सेवा क्षेत्रमा उल्लेखनीय विस्तार भएको छ ।

कार्यक्रममा गौतमको नेतृत्वप्रति प्रशंसा गर्दै धेरैले उनलाई ‘सक्रिय, दूरदर्शी र समर्पित नेता’ को संज्ञा दिएका थिए।

विश्व विजेता हिटलरदेखि लिएर महात्मा गान्धी र नेल्सन मण्डेलासम्म पनि आलोचना र विरोधबाट अछुतो नरहेको बताउदै गौतमले आफुले क्षमता अनुसारको काम गरेको बताउनु भयो । उहाँले आगामी नेतृत्वलाई सफलताको शुभकामना दिदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।

रोटरी क्लब अफ राजधानीले अब रोटरी वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न लागेको छ।