८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै

विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै
अ अ+ अ-

मन्थली, (रामेछाप) । विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली माध्यामिक विद्यालयले विद्यालय परिसरमा बुद्धचित्तको बिरुवा रोपेको छ ।

सधैँ राज्यको भर परेर विद्यालय सञ्चालन गर्नुभन्दा वर्तमान अवस्थामा विद्यालय आफ्नै आन्तरिक स्रोतमा सञ्चालन गर्न जरुरी रहेकाले विद्यालय परिसरमा एक सय चार बोट बुद्धचित्तको बिरुवा रोपिएको मन्थली माविका प्रधानाध्यापक टङ्कप्रसाद दाहालले बताउनुभयो । सुनापति गाउँपालिकामा रहेको डहु मावि बेथानले बिरुवा र बिरुवा रोप्न प्राविधिक सहयोग नि:शुल्क रूपमा गरेको हो । उक्त विद्यालयले बुद्धचित्तको बिरुवा र फल उत्पादनबाट मनग्य आम्दानी गर्दैआएको छ ।

अरुको आशमा होइन, आफ्नो विद्यालय आफैँ सक्षम र सवल बनाउनुपर्छ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै जुनसुकै विद्यालयले माग गरेको बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको डहु माविका प्रधानाध्यापक बलबहादुर वलले बताउनुभयो । मन्थली माविको अनुरोधपछि आफ्नो विद्यालयमा उत्पादन गरिएका बुद्धचित्तको बिरुवा मन्थली माविमा गएर रोप्न सहयोग गरेको उहाँले बताउनुभयो ।

विद्यालयको अनुरोध स्वीकार गरी बिरुवासहित प्राविधिक सहयोग गर्ने डहु माविले अरु विद्यालयलाई पनि यस्तै सहयोग गर्ने हो भने धेरै विद्यालय आत्मनिर्भर हुने मन्थली माविका सहायक प्रधानाध्यापक चन्द्रसिंह धामीले बताउनुभयो ।

जुनसुकै हावापानीमा पनि हुने यो फलका लागि धेरै मेहनत र परिश्रम गर्नु नपर्ने विद्यार्थीलाई पनि व्यावहारिक ज्ञान सिकाउनका लागि यसले प्रयोगात्मक अभ्यासको काम गर्ने भएकाले आफ्नो विद्यालयमा पठ्यपुस्तक पढाइका साथै यस्ता काममा कक्षा १० देखि १२ का विद्यार्थीलाई सहभागी गराइने गरेको डहु माविका प्रधानाध्यापक वलले बताउनुभयो ।

विद्यालयहरू आत्मनिर्भर बनाउने आफ्नो अभियान भएकाले विद्यालय परिसरमा बुद्धचित्त रोप्न चाहना गर्ने जुनसुकै विद्यालयलाई पनि आफ्नो विद्यालयमा उत्पादन गरिएको बुद्धचित्तको बिरुवा नि:शुल्क उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो । रोपेको करिब दुई वर्षदेखि नै उत्पादन दिने उक्त प्रतिकिलो रु तीन हजारदेखि रु पाँच हजारसम्ममा बोटबाटै बिक्री हुने गरेको छ । रासस