८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिव सुरजकुमार दुरा सम्मानित



अ+ अ-

काठमाडौं । दुरा सेवा समाजले सङ्घीय संसद् सचिवालयका सचिव सुरजकुमार दुरालाई सम्मान गरेको छ । अल्पसङ्ख्यक दुरा समुदायबाट सङ्घीय संसद्को सचिव पदमा पुगी सो जातिको नाम राखेकामा समाजले सम्मान गरेको हो ।

दुरा समाजको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा परम्परागत शैलीमा सचिव दुरालाई सम्मान गरिएको हो । केही दिनअघि मात्र उहाँ सचिवमा बढुवा हुनुभएको थियो ।

सो अवसरमा सचिव दुराले आफ्नै समुदायले गरेको सम्मानले आफूलाई भावुक बनाएको र कर्तव्यपथमा निरन्तर लाग्न मार्गदर्शन गरेको बताउनुभयो । रासस