८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

खेती गर्ने समय पनि परिवर्तन हुँदै

खेती गर्ने समय पनि परिवर्तन हुँदै
अ अ+ अ-

मनाङ । फरक वातावरणले गर्दा अहिले मनाङको तल्लो क्षेत्रमा खेती भित्र्याउने समय हो भने माथिल्लो भेगमा लगाउने कार्य भइरहेको छ । यहाँ प्राय: आलु, गहुँ, फापर, करु, उवा, कोलु बोडी जस्ता परम्परागत बाली लगाउने गरिन्छ । जिल्ला ती खाद्यन्नमा आत्मनिर्भर बनेको छ ।

किसान ताचै, तिल्चे, थानचोक, चामे, तिमाङ, नाचै, ओडारलगायत क्षेत्रमा खेती भित्र्याउन व्यस्त छन् । कृषि ज्ञान केन्द्रका अनुसार नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकामा खेती लगाउने समय भएको छ । दिनानुदिन वातावरणमा आएको परिवर्तनले परम्परागत बाली हराउन थाले पनि यतिबेला कहीँ खेती भित्र्याउने त कहीँ लगाउने समय भएको कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले जानकारी दिनुभयो । यसलाई सुहाउँदो वातावरणको अभावले पनि खेतीबाली फेरिन थालेका उहाँको भनाइ छ ।

करु, गहुँ, आलुलगायत खेती भित्र्याउन किसान व्यस्त छन् । यहाँ जलवायुको प्रत्यक्ष प्रभाव देखिँदै गएकाले खेती गर्ने समय पनि परिवर्तन हुँदै गएको छ । यसका साथै परम्परागत बालीको उत्पादनमा ह्रास आउन थालेपछि विकासे ९हाइब्रिड० खेतीपातीतर्फ किसान आकिर्षत हुन थालेको पाइन्छ । तर, परम्परागत बालीको उत्पादकत्वका आधारमा किसान सचेत हुँदै कृषिमा आकर्षित भएका पाइन्छ । विगत चार वर्षको तथ्याङ्क हेर्ने होभने अन्य परम्परागत बालीको तुलनामा स्थानीय प्रजातिको आलुखेतीमा वृद्धि भएको पाइन्छ । कोभिड तथा बाढीपहिराको विपद्को वर्षबाहेक अन्य वर्षमा उत्पादकत्व वृद्धि भएको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

मनाङको तल्लो भेगमा अन्य बाली जस्तै मकै, आलु, करु, गहुँ, जाँै, फापर, कोलु बोडीलगायतको खेती गरिन्छ । गोलभेँडा, काउली, फर्सी, प्याज, लसुन, साग, मुला, गाँजरलगायत तरकारी यहीँ उत्पादन हुन्छ । प्रमुख रेग्मीले भन्नुभयो, “यहाँ उत्पादित खाद्यवस्तु जिल्लामा नै खपत हुन्छ, यहाँ चामल, कोदोबाहेकका अन्य खेती गरिन्छ र खपत पनि यहीँ हुन्छ ।”

यहाँ उत्पादित वस्तुले बजार नपाउला भन्ने समस्या नरहेको उहाँको भनाइ छ । हिमाली जिल्ला भएकाले यहाँ जलवायु परिवर्तनको असर यहाँका स्थानीयले भोगिरहेको उहाँले बताउनुभयो । “हिउँको भरमा सिँचाइ हुने यस क्षेत्रमा हिउँ पर्न छाडेको छ, कहिलेकहीँ बेसिजनमा हिउँ पर्छ”, उहाँले भन्नुभयो, “यसको असर प्रत्यक्ष खेतीपातीमा पर्न गएको छ । सिँचाइको अभावले खेती परिवर्तन हुने अवस्था सृजना हुने त्रास छ ।”

जलवायु परिवर्तनले खेती फेर्नुपर्ने अवस्था देखिएको ज्ञान केन्द्रको अध्ययनले देखाउँछ । विगतमा नहुने खेती र यहाँको तापक्रम वृद्धिले असर पारेको खेतीबालीमा देखिएको छ । परम्परागत बालीका खाद्यान्नको माग बढ्दो भए पनि किसान भने विकासे खेती लगाउने गरेको पाइन्छ । उत्पादन कम भएपछि किसान खेती फेर्नतर्फ लागेको पाइएको छ ।

कार्यालयको तथ्याङ्कका आधारमा उत्पादन कम हुने हुँदा परम्परागत बाली खेतीतर्फ आकर्षण घट्दै गएको देखिन्छ । जलवायु परिवर्तनको असर जति बढ्दै गएको छ, उति नै खेतीयोग्य भूमि बाँझो बन्दै गएको पाइएको प्रमुख रेग्मीले बताउनुभयो । उहाँका अनुसार परम्परागत खेतीतर्फ किसान आकर्षित छन् । उत्पादन यहीँ खपत हुन्छ । तर, व्यवसाय परिवर्तनले प्रभाव पारेको छ । विगतमा हुने गरेका खेतीलाई उत्पादन वृद्धि गरी बजारीकरण अन्तरराष्ट्रियस्तरसम्म पुर्याउने गरी तीनै तहको ध्यानाकर्षण हुन आवश्यक छ । रासस