२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महकाली सन्धी कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना निकट भविष्यमै अघि बढाउँछुः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार अहिले पनि महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महकाली सन्धीको पक्षमा तत्कालीन समयमा धेरै विरोध भएपनि अहिले सबै राजनीतिक दलहरु महकाली सन्धी कार्यान्वयनको पक्षमा रहेको बताउनु भयो । निकट भविष्यमै महकाली सन्धी सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको बताउनु भयो । चाँदनी दोधारामा १० क्युमेक्स पानी ल्याउने कुरामा सरकारले फेरि अघि बढाउने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘महाकाली इस्यु भनेको त्यसबेला राष्ट्रवादको झण्डा देखाएर महाकाली, महाकाली भन्दै कुद्ने स्थिति भयो । नक्कली, आडम्बरी, पाखण्डी कुरा थियो । त्यसमा कुनै दम थिएन । कुनै सहीपना थिएन । अब अहिले पनि म भन्न चाहन्छु, महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ । अहिले कार्यान्वयनको पक्षमा सबै छन् । म पनि छु । सम्भवतः सम्भव भएसम्म हामी निकट भविष्यमा महकाली सन्धी सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्दछौँ । यो गर्नपर्ने चिज छ । त्यस सम्झौताअन्तर्गत हामी बिजुलीको पैसा लिइरहेका छौँ । त्यससम्झौताअन्तर्ग पैसा लिन्छौँ, त्यस सम्झौताअन्तर्गत चाँदनी दोधारामा १० क्युमेक्स पानी पहिला म प्रधानमन्त्री हुँदा कुरा गरेको थिएँ, अब फेरि कुरा अघि बढाउँछु र त्यहाँ पानी हामी लिन्छौँ, चाँदनी दोधारामा । त्यो सन्धी ठिक छ । तर त्यसबेला देश बेचे, मासे, खाए, नदी बेचे भने । कुनै नदी खोला बेचेका थिएनन् । नेकपा एमाले राष्ट्रको सार्वभौमिक सत्ता, प्रभुत्व, भौगोलिक अखण्डता, देशको हित, स्वाधिनता, स्वाभिमान केहीलाई पनि बेच्ने त कल्पनै छोडौँ, अलिकति पनि तलमाथि हुन दिँदैन ।’

प्रधानमन्त्री ओलीले नेकपा एमालेले राष्ट्रको सार्वभौमिक सत्ता, प्रभुत्व, भौगोलिक अखण्डता, देशको हित, स्वाधिनता, स्वाभिमानलाई तलमाथि हुन नदिने बताउनु भयो ।