८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

महकाली सन्धी कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना निकट भविष्यमै अघि बढाउँछुः प्रधानमन्त्री ओली

महकाली सन्धी कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना निकट भविष्यमै अघि बढाउँछुः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार अहिले पनि महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महकाली सन्धीको पक्षमा तत्कालीन समयमा धेरै विरोध भएपनि अहिले सबै राजनीतिक दलहरु महकाली सन्धी कार्यान्वयनको पक्षमा रहेको बताउनु भयो । निकट भविष्यमै महकाली सन्धी सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको बताउनु भयो । चाँदनी दोधारामा १० क्युमेक्स पानी ल्याउने कुरामा सरकारले फेरि अघि बढाउने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘महाकाली इस्यु भनेको त्यसबेला राष्ट्रवादको झण्डा देखाएर महाकाली, महाकाली भन्दै कुद्ने स्थिति भयो । नक्कली, आडम्बरी, पाखण्डी कुरा थियो । त्यसमा कुनै दम थिएन । कुनै सहीपना थिएन । अब अहिले पनि म भन्न चाहन्छु, महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ । अहिले कार्यान्वयनको पक्षमा सबै छन् । म पनि छु । सम्भवतः सम्भव भएसम्म हामी निकट भविष्यमा महकाली सन्धी सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्दछौँ । यो गर्नपर्ने चिज छ । त्यस सम्झौताअन्तर्गत हामी बिजुलीको पैसा लिइरहेका छौँ । त्यससम्झौताअन्तर्ग पैसा लिन्छौँ, त्यस सम्झौताअन्तर्गत चाँदनी दोधारामा १० क्युमेक्स पानी पहिला म प्रधानमन्त्री हुँदा कुरा गरेको थिएँ, अब फेरि कुरा अघि बढाउँछु र त्यहाँ पानी हामी लिन्छौँ, चाँदनी दोधारामा । त्यो सन्धी ठिक छ । तर त्यसबेला देश बेचे, मासे, खाए, नदी बेचे भने । कुनै नदी खोला बेचेका थिएनन् । नेकपा एमाले राष्ट्रको सार्वभौमिक सत्ता, प्रभुत्व, भौगोलिक अखण्डता, देशको हित, स्वाधिनता, स्वाभिमान केहीलाई पनि बेच्ने त कल्पनै छोडौँ, अलिकति पनि तलमाथि हुन दिँदैन ।’

प्रधानमन्त्री ओलीले नेकपा एमालेले राष्ट्रको सार्वभौमिक सत्ता, प्रभुत्व, भौगोलिक अखण्डता, देशको हित, स्वाधिनता, स्वाभिमानलाई तलमाथि हुन नदिने बताउनु भयो ।