६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई कसैले फुटाउन सक्दैन, पार्टीबाट त्यत्रो लाभ लिएकाहरु पार्टी फुटाउन लागेः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले रक्तबीज झैँ भएको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले एमाले रक्तबीज झैँ भएकाले एउटामाथि हमला गरे अरु धेरै राम्रा मान्छेहरु एमालेमा जन्मिने बताउनु भयो । एमालेलाई फुटाउन कसैले खोजे त्यो सम्भव नरहेको चेतावनी दिनुभयो । एमालेले जबज जपेर बस्ने नभइ कार्यान्वयन गरिरहेको बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै पार्टीले दिएको सुविधाहरु लिएर पार्टी फुटाउन लागेको बताउनु भयो । पार्टीकै सुविधा लिएर पार्टी फुटाउन लाग्नेहरुलाई लाज हुनुपर्दैन ? उहाँको प्रश्न छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेकपा एमालेले सबै गलत प्रवृत्तिहरुलाई चिन्ने, तिनलाई पराजित गर्ने र सही विचार अघि बढाउने काम गर्दछ । त्यो सामथ्र्य नेकपा एमालेमा छ । यो रक्तबीज जस्तो छ । रक्तबीज एउटालाई काट्यो भने त्यसको रगत जति छरिन्छ, त्यति धेरै रक्तबीजहरु जन्मिन्थे । यो त्यस्तै हो । यसलाई दबाएर, यसलाई फुटाउँछु भन्ने पनि कसैले सोच्यो भने सम्भव छैन । किनभने ठूलाठूला महारथीहरु, फुटाउनेहरु देखिए, ति सबै असफल भए । जननेता मदन भण्डारीले अघि सार्नुभएका विचारहरुको कार्यान्वयनको तीन दशक हो । हामी जबज जपेर बसेका छैनौँ, कार्यान्वयन गरेर बसेका छौँ । त्यसको विकास गरेर बसेका छाँै । त्यत्रो लाभ सुविधा लिएका मानिसहरु पार्टी सिध्याउन लागे, शर्म हुनु पर्दैन ? त्यही पार्टीले के के बनायो, त्यही पार्टी सिध्याउन लाग्ने, लाज हुनुपर्दैन तिनलाई ?’

प्रधानमन्त्री ओलीले नेकपा एमाले भकिम्लाको काठ जस्तो कमजोर नभएको बताउनु भयो ।