१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं । स्पेनको औपचारिक भ्रमणमा निस्कनु्अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको हो ।

प्रधानमन्त्री ओली आज साँझ ६ बजे स्पेन भ्रमण जाँदैछन् । सम्बोधनका क्रममा उनले भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने छन् ।

प्रतिनिधि सभाबाट आज बजेटसम्बन्धी बाँकी विधेयक पारित गर्ने कार्यसूची छ ।