९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच
अ अ+ अ-

भोजपुर । यहाँको नगरपालिका–४ दावामा ‘दावा बजार खानेपानी’ आयोजना सञ्चालन भएपछि स्थानीयलाई सहजता भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले यहाँ ५० घरमा ‘एक घर एक धारा’ निर्माण गरेपछि स्थानीयलाई सहजता भएको हो ।

दावा बजार क्षेत्रमा रहेको पानीको हाहाकारलाई ध्यानमा राख्दै आयोजना निर्माण सम्पन्न भएपछि यहाँको पानीको समस्या हल भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल प्रधानले जानकारी दिनुभयो । आयोजना सम्पन्न पश्चात यहाँका ५० घरमा धारा जडान गरेर पानी वितरण भइरहेको उहाँको भनाइ छ ।

“दावा खानेपानी आयोजना सञ्चालनमा आएको छ”अध्यक्ष प्रधानले भन्नुभयो, “यो आयोजनाबाट ५० घरमा पानी जडान गर्न सफल भएका छौँ । अहिले यो क्षेत्रमा पानीको समस्या छैन ।”

दावा बजार खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका स्थानीयको वषौँदेखीको पानीको समस्या अन्त्य भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताउनुभयो । यहाँ कार्यालयको करिव रु ६० लाख लागतमा आयोजना निर्माण गरिएको प्रमुख ठाकुरको भनाइ छ । यो आयोजनाको मुख्य लाइन चार किलो मिटर र वितरण लाईन चार दशमलव ५ किलोमिटर रहेको कार्यालयले जनाएको छ ।

“दावा खानेपानी आयोजना सञ्चालनमा आइसकेको छ” प्रमुख ठाकुरले भन्नुभयो, “आयोजना सञ्चालन पश्चात यहाँका नागरिकको वषौँदेखिको पानीको समस्या हटेको छ । हामीले यो आयोजनाको थलगत अनुगमन पनि गरेका छौँ ।” पानीको समस्या समाधानको लागि जिल्लाका विभिन्न ठाउँमा खानेपानी आयोजना निर्माणको काम धमाधम भइरहेको प्रमुख ठाकुरको भनाइ छ ।

दावा बजार खानेपानी आयोजना सञ्चालनमा आएपछि घण्टौँ लगाएर पानीको जोह गर्नु पर्ने समस्यमाबाट मुक्त भएको स्थानीयबासी लक्ष्मी भण्डारीले बताउनुभयो । आधा रातदेखि लाइनमा बसेर टाढाको धारा, कुवाबाट पानी ल्याउनु पर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ ।

“दावा क्षेत्रमा पानीको धेरै नै समस्या थियो” उहाँले भन्नुभयो, “पानीको जोह गर्न हामीलाई धेरै समय लाग्थ्यो । अहिले घर घरमा धारा जडान भएपछि हाम्रो पुस्तौदेखीको समस्या हटेको छ ।” घरमा धारा जडान भएपछि सरसफाईसँगै घरको दैनिक कामकाजमा सहजता भएको उहाँको भनाइ छ । रासस