८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

विद्यार्थीलाई पढाईसँगै सिप

विद्यार्थीलाई पढाईसँगै सिप
अ अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा रहेको सरस्वती माविको कक्षा ८ का विद्यार्थी जोन पुनको ‘हाउस वायरिङ’सम्बन्धी तालिम लिएपछि आत्मविश्वास बढेको छ ।

“घर, समाजमा दिनानुदिन आवश्यक पर्ने व्यवहारिक सिप हासिल गरेपछि भविष्यमा काम नपाएर बेरोजगार हुनुपर्ला भन्ने चिन्ता हटेको छ,” उहाँले भन्नुभयो “आधारभूत सिपले घर, छिमेकमा आवश्यक पर्दा काम फुकाउन सक्ने र भविष्यमा आफैँ स्वरोजगार बन्न पनि सकिन्छ ।”

बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ ९हामी सक्छौ, हामी गर्छौ० कार्यक्रममार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका १९ जना विद्यार्थीलाई २० दिनसम्म घर तथा भवनमा वायरिङ गर्ने सिप सिकाइएको थियो ।

बेनी–८ कालीपुलमा रहेको बालमन्दिर माविको कक्षा ९ का विद्यार्थी आस्विम किसान ४ बजे विद्यालय छुट्टी भएपछि थप दुई घण्टा पलम्बीङसम्बन्धी सिप सिकेर छ बजे घर जानुहुन्छ ।

आस्मिनजस्तै कक्षा ८, ९ र ११ मा पढ्ने १६ जना विद्यार्थीले उनिहरुको रुचीअनुसार २१ दिने पलम्बीङसम्बन्धी सिप सिकिरहेका छन् । खानेपानीको पाइपलाइन तान्ने, जमिनमा गाड्ने, जोड्ने, धारा, भान्छाकोठा, शौचालय, शयनकक्षमा धारा जडान गर्ने विषयमा व्यवहारिक सिप सिक्न पाउँदा उत्साहित भएको किसानले बताउनुभयो ।

बेनी सामुदायिक विद्यालयले सञ्चालन गरेको कपाल काट्ने तालिममा सहभागी कक्षा ११ का सुयोग रेग्मीले घरपरिवारका सदस्यको कपाल काटेपनि खर्च बचत हुने र भविष्यमा व्यवसाय सञ्चालनका लागि सिकेको सिपले सहज हुने बताउनुहुन्छ ।

“भविष्यमा केही काम र कतै रोजगारी नपाएपछि यही कपाल काट्ने पेशा गरेर पनि जीवन चलाउन सकिन्छ भनेर आत्मविश्वास बढेको र सम्भावना देख्न थालेको छु,” उहाँले भन्नुभयो “आफैँले ब्यवसाय नगरेपनि घरका अभिभावक, आफन्त र बालबच्चाको कपाल काट्न शैलुन जानु नपरेपछि खर्च र समयको बचत हुन्छ ।”

विहीबार समापन भएको तालिममा कक्षा ८, ९ र ११ का २५ जना छात्र–छात्रा सहभागी थिए । सरस्वतीका जोन, बालमन्दीरका आस्विन र बेनी सामुदायिकका सुयोग जस्तै बेनी नगरपालिकाको मावि तहका विद्यार्थी हिजोआजा विभिन्न सिपमुलक तालिम लिइरहेका छन् । बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत विद्यार्थीहरुलाई पढाइसँगै सिप सिकाउने व्यवस्था मिलाएको हो ।

बेनीमा रहेका १६ वटा माध्यमिक विद्यालय मध्य१४ वटाले सिपमुलक तालिम सञ्चालन गरेका छन । चालु आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले उक्त कार्यक्रमका लागि प्रत्येक विद्यालयलाई रु एक/एक लाखका दरले रु १६ लाख बजेट बिनियोजन गरेको थियो ।

नगरपालिकाको अनुदानबाट तालिम सामग्री खरिद, प्रशिक्षक भत्ता र सहभागीलाई खाजाको व्यवस्था मिलाएका छन् । बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । ३३० जना विद्यार्थी सीपमूलक तालिममा सहभागी भएका नगर शिक्षा अधिकृत कमल ढकालले बताउनुभयो ।

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सिप सिकाउन “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रम सञ्चालन भएको हो । विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/०८० मा १० वटा विद्यालयमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी भएपछि २०८०/०८१ र २०८१/०८२ देखि नगरपालिकामा रहेका १६ वटै माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो । विद्यालय तहको शिक्षा हासिल गरेको विद्यार्थीले शिक्षासँगै केही न केही सिप लिएर समाजमा पुगोस भन्ने अवधारणा अनुसार कार्यक्रम अघि सारिएको नगर प्रमुख केसीले बताउनुभयो ।

विद्यालयले ‘हाउस वायरिङ’, ‘पलम्बीङ’, ‘हेयर कटिङ’, भित्तेलेखन, यान्त्रिक हलो मर्मत, ‘सर्वे क्याम्प’ बाँसबाट सजावटका सामान बनाउने, सौन्दर्यकला, च्याउ र खुर्सानी खेतीसम्बन्धी सिप सिकाउन तालिम सञ्चालन गरेका छन् ।

बेनी नगरपालिका–१० पात्लेखेतस्थित दिपक माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीहरुले सामुहिक रूपमा ‘केन्ये’ जातको च्याउ खेती गरेका छन् । बेनी नगरपालिका–९ तोरीपानीको गलेश्वर माविले प्राविधिक धारतर्फ सिभिल इञ्जिनियरीङ विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई ‘सर्वे क्याम्प’ मार्फत भवन, सडक, पुलको सर्वे गर्ने व्यवहारिक सिप सिकाएको छ ।

सोही वडाको नेप्टेचौरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका १५ जना विद्यार्थीका लागि कपाल काट्ने सिप प्रदान गरिएको शिक्षक रामचन्द्र पौडेलले बताउनुभयो । जामुनाखर्क १५ जनालाई सौन्दर्यकला, पुलाचौरको जनकल्याण माविले २६ जनालाई बाँसबाट सजावटका सामान बनाउने तालिम सञ्चालन गरेको छ ।

पौलत्स्य मावि भिरमुनीले २१ जनालाई मिनिटेलर ९यान्त्रिक हलो० मर्मतसम्बन्धी सिप सिकाएको छ । बेनीको प्रकाश मावि, अर्जमको रामचन्द्र मावि र धवलागिरी माविले हाउस वायरिङसम्बन्धी तालिम चलाएका छन् । प्रकाश माविमा ३०, रामचन्द्रमा ३३ र धवलागिरी माविमा २३ जना सहभागी भएका छन् । भकुण्डेको अर्जुन माविले सञ्चालन गरेको १५ दिने भित्तलेखन तालिममा ३१ जना सहभागी छन् ।

भकिम्लीको जयन्ति माविका २५ जना विद्यार्थीहरुले अकवरे जातको खुर्सानी खेती गरेका छन् । विद्यार्थीले सिकेका सिपको व्यवहारमा प्रयोगमा ल्याएर उद्यम व्यवसाय गर्नु भन्दा पनि वैदेशिक रोजगारीतर्फ बढ्दो आकर्षण यस कार्यक्रमको प्रमुख चुनौति हो । आधारभूत तहको सिप सिकेकालाई ब्यवसाय बन्न चाहेमा विद्यालय अथवा नगरपालिकाले विउपुजीको ब्यवस्था गरेर ‘पढ्दै कमाउदै गर्ने’ कार्यक्रममा जोड्न सकेमा थप प्रभावकारी हुने बालमन्दिर माविका प्रअ सुरेन्द्र केसीले बताउनुभयो । रासस