८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

महासंघका अध्यक्ष ढकाल र चीनको ग्वाङ्दोङ डिपार्टमेन्टका मन्त्री वाङ शीबीच भेटवार्ता

महासंघका अध्यक्ष ढकाल र चीनको ग्वाङ्दोङ डिपार्टमेन्टका मन्त्री वाङ शीबीच भेटवार्ता
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीसँग भेटवार्ता गएको छ ।

चीनको ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य समेत रहेका सिसंग महासंघ सचिवालय टेकुमा शुक्रबार भेटवार्ता भएको हो । भेटका अवसरमा दुवे देशको आर्थिक तथा कुटनतिक सम्बन्ध,व्यापार लगान ितथा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपाल र चीनबीच लामो र विश्वासिलो सम्बन्ध रहेको चर्चा गर्दै प्रविधि र नवप्रर्वतनका क्षेत्रमा सहकार्यका लागि आग्रह गर्नु भयो । पर्यटन, पूर्वाधार, ऊर्जाजस्ता क्षेत्रमा चीनको सहयोगले नेपालको विकासमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले व्यापार तथा लगानीका क्षेत्रमा नेपाल र ग्वाङ्दोङबीच सहकार्यको सम्भावना रहेको बताउनु भयो । “ ग्वाङ्दोङसंग व्यापार तथा लगानीको सम्भावना साथै विज्ञान र प्रविधिको क्षेत्रमा भएको अनुभव, र अहिले अन्तर्राष्ट्रिय तथा आन्तरिक साझेदारीहरू निर्माणमा देखाइएको सक्रियताले नेपाल र गुआङ्दोङबीच नयाँ सहकार्यका ढोका खोल्नेछ,” अध्यक्ष ढकालले भन्नुभयो ।

नेपालकोे निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघले व्यवसाय गर्न सहज वातावरण निर्माण गर्न गरेको पहलकाबारे जानकारी दिँदै अध्यक्ष ढकालले महासंघको सक्रियतामा सरकारले हालै ३० भन्दा बढी कानुन संशोधन तथा परिमार्जन गरेको जानकारी दिनुभयो । नेपाल र चीनबीच द्विपक्षीय लगानी सम्झौताको आवश्यकतामा जोड दिँदै ढकालले भन्नु भयो, “यस्तो सम्झौताले कानुनी र संस्थागत संरचनालाई बलियो बनाउनेछ र चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रेरित गर्नेछ ।”

ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन, र कृषि प्रशोधनजस्ता क्षेत्रमा नेपालमा लगानीका राम्रो अवसरहरू रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले ग्वाङ्दोङ सरकारसँग ती क्षेत्रका सम्भावित लगानीकर्ता र संघसंस्थासँग जोडिन सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले संयुक्त उद्यम, व्यापार भ्रमण र ज्ञान आदानप्रदान कार्यक्रमहरूमा सहकार्य गर्न महासंघ तयार रहको बताउनु भयो ।

सो अवसरमा बोल्दै ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य तथा युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीले नेपाल चीनबीच लामो आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहको चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीन सधैं सकारात्मक रहेको बताउनु भयो ।

उहाँले चीनले प्रविधि तथा नवप्रर्वतनको क्षेत्रमा गरेको सफलतालाई नेपालको विकासमा साझेदारी गर्न आफुहरु तयार रहेको बताउनु भयो । चीनले प्रविधि तथा नवप्रर्वधनका क्षेत्रमा धेरै काम गरेको छ । “हाम्रो यो अनुभवबाट नेपालले पनि धेरै गर्न सक्छ । त्यो सहकार्यका लागि हामी तयार छौं । ”उहाँले भन्नु भयो । मन्त्री वाङ शीले नेपालको खाद्य प्रशोधन,कृषि तथा पर्यटनमा सहकार्य गर्न सकिने बताउँदै नेपाल–ग्वाङ्दोङ आर्थिक सहकार्यको लागि आफुले पहल गर्ने बताउनु भयो ।