१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

किशोरीको सामूहिक बलात्कारपछि हत्यामा संलग्न पाँच आरोपी सार्वजनिक



अ+ अ-

काठमाडौँ । प्रहरीले सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–५ कोलगाउँकी १६ वर्षीया निशा तामाङको हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले हत्यामा संलग्न आरोपमा पक्राउ परेका भोटेकोसी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई सार्वजनिक गरेको हो ।

निशा असार ११ मा घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् । आरोपीहरूले असार १० मा बलात्कारपछि उनको हत्या गरेको अनुसन्धानबाट खुलेको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।

आरोपीहरूविरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।