५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्णमा स्थलगत भुक्तानी शिविर



अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिलाई योजनाको भुक्तानी दिन थालेको छ ।

गाउँपालिकाको कार्यालय पोखरेबगर आउन अपायक पर्ने उपभोक्ता समितिलाई घुम्ति शिविरमार्फत वडा कार्यालयमा पुगेर भुक्तानीसम्बन्धी सेवा दिएको हो । गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनको नेतृत्वमा रहेको अनुगमन समिति, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेल र लेखा अधिकृत नवीन पौडेल सहितको टोलीले बिहीबार वडा नं १ दोवामा घुम्ती शिविर मार्फत योजनाको स्थलगत भुक्तानीसम्बन्धी सेवा दिएको जनाइएको छ ।

“गाउँपालिका कार्यालय आउनजान अपायक पर्ने उपभोक्ता समितिको सहजताका लागि हामीनै वडामा पुगेर स्थलगत अनुगमन, प्राविधिक मूल्याङ्कन र भुक्तानीसम्बन्धी सेवा दिन थालेका हौ,” उहाँले भन्नुभयो “वडाका जनप्रतिनिधिमार्फत आवश्यक कागजात र प्रतिवेदन तयार पारेपछि गाउँपालिकाबाट वडामै पुगेर भुक्तानी दिने नयाँ अभ्यास गरिएको हो ।”

हालसम्म चार वटा उपभोक्ता समितिले वडाबाटै भुक्तानी पाइसकेका छन् । एउटा उपभोक्ता समितिको बिल नमिलेपछि कागजात मिलाएर गाउँपालिकामा आउन सुझाव दिएको उपाध्यक्ष तिलिजाले बताउनुभयो ।

गाउँपालिकाले यसअघि वडा कार्यालयमा पुगेर योजना सम्झौता र उपभोक्ता समितिलाई अभिमुखीकरण गर्दै आएको थियो । वडामै भुक्तानीसम्बन्धी सेवा पाउँदा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई पालिकाको केन्द्रमा पुग्ने झञ्जट हट्नुका साथै खर्च र समयको बचत भएको अन्नपूर्ण–१ का वडा अध्यक्ष दिलीपकुमार गर्बुजाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा ११३ वटा पूर्वाधारसम्बन्धी योजना सञ्चालन गरेको छ । त्रियासी वटा योजनाका उपभोक्ता समितिले भुक्तानी लगिसकेका छन् भने ३१ वटाको बाँकी छ । ठेक्का तथा कोटेशनमार्फत सञ्चालित १८ वटा योजनामध्य आठ वटाको भुक्तानी भएको र १० वटा बाँकी रहेको जनाइएको छ ।




भर्खरै