१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९५ विद्यार्थीलाई पाकिस्तानी दूतावासको पुरस्कार र छात्रवृत्ति



अ+ अ-

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले १९५ जना नेपाली विद्यार्थीलाई पुरस्कार तथा छात्तवृत्ति प्रदान गरेको छ । नेपालका १०२ विद्यालयका विद्यार्थीलाई दूतावासले पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेको हो ।

दूतावासले आज विज्ञप्ति जारी गरी काठमाडौँमा आयोजित कार्यक्रममा ती विद्यार्थीलाई १३ औँ राजदूत वार्षिक छात्रवृत्ति प्रदान गरिएको जनाएको छ ।

अध्ययनमा निरन्तर राम्रो प्रदर्शन गरेकोमा एक प्रतिभाशाली विद्यार्थीलाई ल्यापटप पनि प्रदान गरिएको थियो ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पाकिस्तानले विशेष गरी शिक्षाको क्षेत्रमा निरन्तर प्राविधिक सहयोग गरेकोमा प्रशंसा गर्नुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले पाकिस्तानले छात्रवृत्ति कार्यक्रम र नेपालका उच्च माध्यमिक तहका विद्यार्थीसहित शिक्षाका सबै तहमा सहयोग विस्तार गर्ने प्रयासलाई निरन्तरता दिने बताउनु भयो । उहाँले अध्ययन, खेलकुद र स्वास्थ्य सामाजिक गतिविधिका क्षेत्रमा नेपाली युवालाई प्रोत्साहन गर्नु द्विपक्षीय सहयोगको एक महत्वपूर्ण भाग भएको पनि बताउनुभयो ।

पाकिस्तानका राजदूत छात्रवृत्ति कार्यक्रम सन् २०१३ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ ।