१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण



अ+ अ-

काठमाडौँ: प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको नियमित निरीक्षणको सिलसिलामा आज सैनिक विशेष अदालतको निरीक्षण भ्रमण गर्नुभएको छ ।

प्रधानन्यायाधीश राउत नेतृत्वको निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गर्नुभएको थियो । उक्त टोलीले निरीक्षण भ्रमणका क्रममा जङ्गी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिका सम्बन्धमा जानकारी लिएको थियो ।

सो क्रममा प्रधानन्यायधीश राउतले सैनिक न्याय प्रणालीसँग सम्बन्धित अधिकारीहरुलाई विशेष निर्देशनसमेत दिनुभएको छ ।

भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेललगायतका पदाधिकारीहरु, रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।रासस