२८ असार २०८३, आईतवार
,
Latest
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार सुनिश्चित हुनुपर्छः सचेतक परियार बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द ‘नेपाली भाषाको विकास र विस्तारमा भानुभक्त आचार्यको योगदान महत्वपूर्ण’ बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित राप्तीमा बेपत्ता एक जनाको शव फेला इरानमा अमेरिकी र इरानद्वारा खाडी राष्ट्रहरुमाथि आक्रमण, स्थिति झनै गम्भीर गोदावरी नदीबाट एक जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण



अ+ अ-

काठमाडौँ: प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको नियमित निरीक्षणको सिलसिलामा आज सैनिक विशेष अदालतको निरीक्षण भ्रमण गर्नुभएको छ ।

प्रधानन्यायाधीश राउत नेतृत्वको निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गर्नुभएको थियो । उक्त टोलीले निरीक्षण भ्रमणका क्रममा जङ्गी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिका सम्बन्धमा जानकारी लिएको थियो ।

सो क्रममा प्रधानन्यायधीश राउतले सैनिक न्याय प्रणालीसँग सम्बन्धित अधिकारीहरुलाई विशेष निर्देशनसमेत दिनुभएको छ ।

भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेललगायतका पदाधिकारीहरु, रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।रासस