६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीमा नागरिकको पहुँच र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रश्ताव



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा खानेपानीमा नागरिकको सहज पहुँच पु¥याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद जगप्रसाद शर्माले गर्ने उक्त सङ्कल्प प्रश्ताव प्रश्तुत गर्नुभएको हो । उहाँले अहिले पनि कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएरै दूषित पानी पिउनुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले खानेपानी सबै प्राणीहरूको निम्ति महत्वपूर्ण रहेको बताउँदै दूषित पानीले झाडापखालादेखि विभिन्न रोगहरू ल्याउने र अनाहकमा नागरिकको ज्यान जाने खतरा बढिरहेको समेत जिकिर गर्नुभयो । सांसद शर्माले सङ्कल्प प्रश्तावको मुख्य पाठ नेपालमा ब्लिचिङ पाउडर निर्माण गर्ने रहेको र थोरै लगानीमा पनि कम्पनी निर्माण गर्न सकिने विज्ञहरूले बताएको बताउनुभयो । उहाँले नेपालमा नागरिकलाई सुरक्षित पानीको व्यवस्था गर्न ब्लिचिङ पाउडर निर्माण कम्पनीको आवश्यकता रहेको बताउँदै त्यसले केही मात्रा भए पनि रोजगारी सिर्जना गर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएर दुषित पानी पिउनुपर्ने बाध्यता रहेको छ । जुन दुषित पानीले झाडा पखालादेखि विभिन्न रोगहरू ल्याउने र त्यसले अनाहकमा नागरिकको ज्यान जाने खतरा बढिरहेको छ । यो सङ्कल्प प्रस्तावको मुख्य पाठ भनेको नेपालमा ब्लिचिङ पाउडर निर्माण गर्नुपर्छ । जसका निम्ति सहज ढङ्गले थोरै लगानीमा यो भन्ने कुराको विज्ञहरूले बताएका छन् । नेपालमा त्यसको आवश्यकता छ, जसले केही मात्रा भए पनि रोजगारी सिर्जना गर्न सक्छ । नागरिकलाई सुरक्षित पानीको व्यवस्था गर्न सक्छ । यो आवश्यकता छ ।” 

सङ्कल्प प्रश्तावलाई सांसदहरू कृष्णबहादुर रोकाय, गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, मदनकुमारी शाह गरिमा र मोहम्मद खालिदले समर्थन गर्नुभएको छ ।