८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

खानेपानीमा नागरिकको पहुँच र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रश्ताव

खानेपानीमा नागरिकको पहुँच र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रश्ताव
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा खानेपानीमा नागरिकको सहज पहुँच पु¥याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद जगप्रसाद शर्माले गर्ने उक्त सङ्कल्प प्रश्ताव प्रश्तुत गर्नुभएको हो । उहाँले अहिले पनि कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएरै दूषित पानी पिउनुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले खानेपानी सबै प्राणीहरूको निम्ति महत्वपूर्ण रहेको बताउँदै दूषित पानीले झाडापखालादेखि विभिन्न रोगहरू ल्याउने र अनाहकमा नागरिकको ज्यान जाने खतरा बढिरहेको समेत जिकिर गर्नुभयो । सांसद शर्माले सङ्कल्प प्रश्तावको मुख्य पाठ नेपालमा ब्लिचिङ पाउडर निर्माण गर्ने रहेको र थोरै लगानीमा पनि कम्पनी निर्माण गर्न सकिने विज्ञहरूले बताएको बताउनुभयो । उहाँले नेपालमा नागरिकलाई सुरक्षित पानीको व्यवस्था गर्न ब्लिचिङ पाउडर निर्माण कम्पनीको आवश्यकता रहेको बताउँदै त्यसले केही मात्रा भए पनि रोजगारी सिर्जना गर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएर दुषित पानी पिउनुपर्ने बाध्यता रहेको छ । जुन दुषित पानीले झाडा पखालादेखि विभिन्न रोगहरू ल्याउने र त्यसले अनाहकमा नागरिकको ज्यान जाने खतरा बढिरहेको छ । यो सङ्कल्प प्रस्तावको मुख्य पाठ भनेको नेपालमा ब्लिचिङ पाउडर निर्माण गर्नुपर्छ । जसका निम्ति सहज ढङ्गले थोरै लगानीमा यो भन्ने कुराको विज्ञहरूले बताएका छन् । नेपालमा त्यसको आवश्यकता छ, जसले केही मात्रा भए पनि रोजगारी सिर्जना गर्न सक्छ । नागरिकलाई सुरक्षित पानीको व्यवस्था गर्न सक्छ । यो आवश्यकता छ ।” 

सङ्कल्प प्रश्तावलाई सांसदहरू कृष्णबहादुर रोकाय, गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, मदनकुमारी शाह गरिमा र मोहम्मद खालिदले समर्थन गर्नुभएको छ ।