१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्पले टोक्दा एक महिलाको मृत्यु



अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

कुन सर्पले डसेको हो प्रजाति पहिचान नभएको जनाइएको छ । गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढ्न थालेका छन् ।