९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्नुहुन्छ : ‘आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउनुपर्‍यो’

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्नुहुन्छ : ‘आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउनुपर्‍यो’
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१०, खल्ला बस्तीका गङ्गाराम चुनारा परम्परागत काठका भाँडाकुँडा बनाउने सीपमा निपूर्ण छन् । बाजेबाट बुबा हुँदै आफूसम्म हस्तान्तरण भएको यो सीप अहिले पनि उहाँको परिवारको मुख्य जीविकाको आधार बनेको छ ।

“बाजेबाट बुबाले सिके, बुबाबाट मैले”, गङ्गाराम सुनाउनुहुन्छ, “यो नै परिवार पाल्ने माध्यम हो ।” पहिले फलामका औजारले हातैले बनाइने भाँडाकुँडा अहिले मेसिनबाट उत्पादन गर्न थालिएको छ, तर चुनारासँग आफ्नै मेसिन छैन । उहाँ अहिले विभिन्न फर्निचर उद्योगमा कामदारका रूपमा गएर परम्परागत भाँडाकुँडा बनाउने काम गर्नुहुन्छ । एकै ठाउँमा काम नपाउने भएकाले विभिन्न ठाउँमा जानुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ ।

दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म आम्दानी हुने भए पनि कहिले काम नहँुदा आठ जनाको परिवार पाल्न मुस्किल हुने गरेको गुनासो उहाँको छ । उहाँले ठेकी, डोक्नी ९मसाला पिस्ने काठको भाँडो०, गिलास, मादल, अम्खोरा, गजुरजस्ता सामग्री बनाउने गर्नुहुन्छ । प्रति भाँडाकुँडा निर्माणमा रु १०० देखि रु ६०० सम्म पारिश्रमिक पाइन्छ ।

“आफ्नै मेसिन भए सहज हुन्थ्यो”, गङ्गाराम भन्नुहुन्छ, “तर आर्थिक अभावले किन्न सकिएको छैन ।” पालिका, प्रदेशदेखि सङ्घसम्म मेसिनको लागि सहयोग माग्दा पनि कुनै सुनुवाइ नभएको उहाँको भनाइ छ । स्थानीय सीपलाई आधुनिकीकरण गर्नुपर्ने आवाज उठाइरहँदा बेवास्ताको चपेटामा परिरहेको उहाँ बताउनुहुन्छ ।

स्थानीय तह र जनप्रतिनिधिले सीपलाई संरक्षण गर्न कार्यक्रम नल्याउँदा पेसा पलायनको अवस्था आएको चुनाराको गुनासो छ । “पुख्र्यौली सीप बोकेका युवाहरू भारतमा दरवान र कुल्लीको काम गर्न बाध्य छन्, कोही पनि यो कार्य चाहँदैनन् यसको कारण जीविका चलाउन मुस्किल छ, पैसा छ, सम्मान र अनुदान छैन”, उहाँ भन्नुहुन्छ, “सनबोरा नदी किनारको एक कट्ठा ऐलानी जमिनमा कच्ची घर छ, कमाएको पैसाले घर चल्छ, तर सुरक्षित आवास बनाउन सकिएको छैन ।”

नागरिक अधिकार, सुरक्षित आवास र आत्मनिर्भरताको सवालमा आवाज उठाउँदै आएका राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार गरी खाने दलित समुदायलाई नजिकको सरकार नगरपालिकाले मेसिन खरिद गर्न अनुदान दिनुपर्ने बताउनुहुन्छ ।

“सुरक्षित नागरिक आवास कार्यक्रममा दलित परिवारलाई समेट्दै मेसिनलगायतका आयआर्जन हुने कार्यक्रममा अनुदान दिनुपर्छ, त्यसका लागि आवाज उठाउन तयार छौँ”, उहाँले भन्नुभयो, “बञ्चितीकरणमा परेका समुदायका आवाज सम्बोधन गर्नका लागि ध्यानाकर्षणपत्र बुझाउने कार्य भएको छ, माग सम्बोधन नभए अधिकारका लागि सङ्घर्ष गर्छौँ ।”

शुक्लाफाँटा–१० का वडाध्यक्ष लालबहादुर ऐरले दलित सीपको संरक्षण र व्यवसायीकरणका लागि वडा तथा नगरपालिकाले पहल लिने बताउनुभयो । “वडाको बजेटले नपुग्ने भएकाले सङ्घ र प्रदेश सरकारसँग माग गर्छौँ”, उहाँले भन्नुभयो, “गैरसरकारी संस्थासँगको साझेदारीमा ११ दलित परिवारका लागि आवास निर्माण सम्पन्न भएको छ । छुटेका परिवारका लागि पनि पहल गर्छौँ ।”