२९ असार २०८३, सोमबार
,
Latest
सुकुमवासी परिवारलाई सीप विकास तथा रोजगारमा आबद्ध गराइने एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण गाजाको पुनःस्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोगको घोषणा अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध बौलाहा खोलामा मोटरेबल पुल निर्माण शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण ठमेलमा ‘मोलमोलाइ’ गरेको आरोपमा विदेशी युवतीलाई मुद्दा, स्क्याम अखडा सञ्चालन गर्नेलाई उन्मुक्ति सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल अर्थमन्त्री वाग्लेको राजस्व सल्लाहकारमा भोजन अर्याल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टि न्युजका सम्पादक शम्भु श्रेष्ठ आज विषेश अदालत हाजिर हुँदै



अ+ अ-

काठमाडौं । दृष्टि न्युजका सम्पादक शम्भु श्रेष्ठ आज विशेष अदालतमा हाजिर हुँदैछन् । समाचारको विषयलाई लिएर अदालतले बयानका लागि बोलाएपछि उनी जान लागेका हुन्।

कानुन व्यवसायीसहित आज बिहान १० बजे अदालतमा पुग्ने श्रेष्ठको तयारी छ ।

नवराज सापकोटासहित दृष्टि न्यून अनलाइनलाई प्रतिवादी बनाएर विशेष अदालतमा दायर भएको मुद्दामा विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवरसहितको पूर्ण इजलासले श्रेष्ठसहितका पत्रकारलाई बयानका निम्ति हाजिर हुन आदेश दिएको थियो ।

दृष्टि न्यूज अनलाइनमा आइतबार ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेङिका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर रिट दायर भएको थियो ।

विशेष अदालतको पूर्ण इजलासले अनलाइनका सम्पादक श्रेष्ठ, एमपी सुब्बा र उक्त समाचार लेख्ने संवाददातालाई ३ दिनभित्र स्वयं अदालतमा बयानका लागि उपस्थित हुन आदेश दिएको थियो ।