९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी

रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी
अ अ+ अ-

रामपुर, (पाल्पा) । ज्येष्ठ नागरिकलाई लक्षित गर्दै रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी भइरहेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी नदीको तहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवश्यक संरचना तयार पारिएको छ ।

लक्ष्मीनारायण गुठी सञ्चालन समिति मातहतमा रामपुर नगरपालिकाको सहयोगमा स्कुल चलाइनेछ । आगामी आर्थिक वर्षदेखि स्कुल चलाउने योजनाअनुसार सबै सामानको बन्दोबस्त भइरहेको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताउनुभयो ।

“रामघाटधाम एउटा धार्मिक तथा पर्यटकीय क्षेत्र भएको हुँदा ज्येष्ठ नागरिक पनि यहाँ आउन आतुर हुनुहुन्छ, नगरपालिकाले आवतजावतका लागि बस ल्याइसकेको छ, नयाँ आर्थिक वर्षदेखि स्कुल चल्नेछ, समय बिताउने माध्यम मात्र नभईकन धार्मिक क्रियाकलापमा पनि दिनभर सक्रिय रहँदा मन प्रफुल्ल हुनेछ,” अध्यक्ष रेग्मीले भन्नुभयो ।

रामपुर नगरपालिकाको सहयोगमा सञ्चालन हुने ज्येष्ठ नागरिक विद्यालयमा ६० वर्षदेखि माथिका ज्येष्ठ नागरिकलाई समावेश गरिनेछ । नगरपालिकाका १० वटै वडामा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई दैनिक रामघाटसम्म आवतजावतका लागि यातायात सेवा, स्कुलमा रहँदा खाने–बस्नेलगायतका आवश्यक सेवासुविधा नगरपालिकाले बेहोर्ने नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“बिहान १० बजेदेखि ज्येष्ठ नागरिकलाई ल्याउने र साँझ आरती सकेर घर–घरमा पुन: पुर्‍याइनेछ, यसको सबै प्रबन्ध नगरले गर्नेछ, ज्येष्ठ नागरिकलाई अबका दिन खुसीसँग बिताउन नगरले विद्यालय नै चलाउने तयारी गरिरहेको छ, विद्यालय सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधार, सामग्री तयारी अवस्थामा रहेकाले चाँडै सुरुआत गर्छौँ,” नगरप्रमुख थापाले भन्नुभयो ।

ज्येष्ठ नागरिक स्कुलमा धार्मिक कक्षा, मनोसामाजिक परामर्श कक्षा र मनोरञ्जन कक्षा सञ्चालन गरिने नगरप्रमुख थापाले बताउनुभयो । स्कुलमा ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण हुनेछ । हाललाई सातवटा कोठा कक्षा सञ्चालनका लागि प्रयोग गर्न मिल्ने खालको छ । रातिमा बसोबास गर्न इच्छुक नागरिकलाई धर्माश्रमको व्यवस्था मिलाइएको छ ।

रामपुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रममा ज्येष्ठ नागरिक विद्यालयलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन धार्मिक ग्रन्थसहितको पुस्तकालय, प्रवचन, अन्तरपुस्ता सीप हस्तान्तरण, वाद्यवादन सामग्री, ज्येष्ठ नागरिक सम्मान, दिवा खाजा व्यवस्था, दैनिक स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम सञ्चालन गरिने समेटिएको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीको किनारमा रहेको यस रामघाटधाम रामतपोभूमि रहेको हुँदा यहाँ अवलोकन तथा धार्मिक क्रियाकलापका लागि पर्यटक तथा भक्तजन आउने क्रम बढ्दो छ । त्रेतायुगमा भगवान् रामचन्द्रले बनोबास जाने क्रममा यहाँ आएर बसोबास गर्दा स्नान गरेको हुनाले यो स्थानलाई रामघाट नामकरण गरिएको हो । कालीगण्डकी करिडोर सडकमार्ग खुलेपछि देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन अवलोकन तथा स्नान, पूजापाठ गर्न यहाँ आउने गरेका छन् ।

रामघाटसम्म पुग्ने सडकमार्ग स्तरोन्नति, आवश्यक भौतिक संरचना निर्माण भएपछि सजिलो भएको छ । समितिले २०७४ देखि दशवर्षे गुरुयोजना बनाएर क्रमिक रुपमा पर्यटकीय पूर्वाधार विकासका कामहरु गर्दै आइरहेको छ । रामनवमी, कृष्णजन्माष्टमीलगायतका विभिन्न पर्वमा धार्मिक मेला लाग्ने गर्दछ । धामको रेखदेख, मन्दिरमा दैनिक पूजापाठका लागि दुईजना पुजारी व्यवस्था गरिएको छ । पुजारी र महन्त निवास, खानेपानी, शौचालय, विद्युत्, इन्टरनेट, पुरानो लक्ष्मीनारायण मन्दिर पुन:निर्माण, पुरानो पौवा निर्माण, ३० जना अट्ने क्षमताको धर्मशाला, ३०० अट्ने क्षमताको सभाहल भोजनालय, विवाह, व्रतबन्ध मण्डप, प्रवेशद्वार, उद्यान, फलफूल बगैँचा, चौतारीलगायतका संरचना निर्माण गरिएको छ ।

मन्दिरको पश्चिमपट्टि महादेव उद्यान र उद्यानको चारैतिर कुनामा चार स्तम्भ छन् । जहाँ शालिग्राम सजाइएको छ । त्रिदेव मन्दिर निर्माणको काम भइरहेको छ । जहाँ पहिलो तलामा ऋषिमुनि, पितृको ३० वटा मूर्ति, दोस्रो तलामा विभिन्न देवीदेवताको ३० वटा मूर्ति, तेस्रो तलामा ब्रह्मा, विष्णु, महेश्वर, राम लक्ष्मण, सीता र राधाकृष्णको मूर्ति राखिनेछ । गुरुयोजनाअनुसार वनभोजस्थल, गुरुकुल, विवाहमण्डप, कोटीहोम, एउटा थप हल निर्माण गर्ने योजना छ । रासस