८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेपालमा जति सम्भावना अन्यत्र छैनः अध्यक्ष ढकाल

नेपालमा जति सम्भावना अन्यत्र छैनः अध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौँ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक रुपमा व्यावसायिक गतिविधि बढाउने काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।  बुधवार एभरेष्ट फाइबर सिमेन्ट बोर्डको उद्घाटन तथा उत्पादन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आन्तरिक उत्पादनले आयात रोक्ने र रोजगारी बढाउन मद्दत पुग्ने बताउनु भयो ।

उहाँले आन्तरिक उत्पादनले राजश्व बढाउनेमात्र नभई निर्माणसँग सम्बन्धित सामग्री उत्पादनले आयात प्रतिस्थापन गर्दै रोजगारीको सुनिश्चितता गर्ने स्पष्ट पार्नुभयो । अध्यक्ष ढकालले बोर्डको स्थापनासँगै नेपालमा केही सम्भावना छैन भनेर नेगेटिभ भाष्य सिर्जना भइरहेको अवस्थामा नेपालमा धेरै सम्भावना छ र नेपालमा जति सम्भावना अन्यत्र छैन भन्ने म्यासेज दिएको दाबी गर्नुभयो ।

उहाँले उद्योगी व्यवसायीलाई सरकारले नीतिगत सुधार गर्दै साथ र सहयोग दिने हो भने आवश्यकताअनुसार हरेक सामग्रीको उत्पादन नेपालमै गर्नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको शुरुवातले नेपालको डोमेस्टिक प्रोडक्शनले आयात रोकने, रोजगारी बढाउने, राजश्व बढाउने, मात्र नभई निर्माणसँग सम्बन्धित विषयमा पूर्ति गर्ने सपना र संकल्प रहनेछ भन्ने महशुस गरेको छु । नेपालमा सम्भावना छैन भन्ने जुन नेगेटिभ भास्य बनिरहेको समयमा नेपालमा सम्भावना छ र नेपालमा जति सम्भावना अन्त छैन भन्ने कुराको म्यासेज दिन चाहन्छु । केही समय हामीले हेरेका छौं, अब एउटै उपाय के हो भने यही भएका रोजगारी सिर्जना गर्न सक्यौं भने, रेभेन्यु सरकारलाई बुझाउन सक्यौं भने हाम्रा आवश्यकताहरु पूरा गर्ने सम्भावना रहन्छ । बाहिरबाट आउने भन्दा पनि आन्तरिक रुपमा ब्यावसायिक गतिविधि बढाउने काम गर्नुपर्छ । यो तत्काल भन्दा पनि दीर्घकालमा सफल हुनेछ । हाम्रो यो उत्पादनले विपद्को समयमा तत्काल घर टहरा बनाउन सपो्र्ट गर्नेछ । लोड कम गर्ने हिसावमा काम गर्नसक्यौं भने यसले सेफ्टी हुनेछ । माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु हाम्रा डोमेस्टिक लगानीकर्तालाई अलिकति पोलिसीले सपोर्ट गर्नसक्यौं भने हरेक सामानको उत्पादन नेपालमै गर्नसक्छौं भन्ने लाग्छ । मन्त्रीज्युले विभिन्न नीतिगत निर्णयहरु गरेर निजी क्षेत्रलाई जुन प्राथमिकता दिनुभएको छ त्यसले आगामी दिनमा काम गरेरै रिजल्ट दिएर विश्वास जित्नुपर्ने अवस्था रहेको छ । त्यसैले यही रोजगारी सिर्जना गर्ने वातावरण बनायौं भने पूँजीको अभाव हुनेछैन ।’ 

उहाँले आगामी वर्षको बजेटमा सरकारले निजी क्षेत्रलाई दिएको प्राथमिकताको स्वागत गर्दै आगामी दिनमा काम गरेर विश्वास जित्नुपर्ने अवस्था रहेको स्पष्ट पार्नुभयो । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योगको उद्घाटन गर्दै सो उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिक गर्नुभएको हो ।