२ श्रावण २०८२, शुक्रबार
,
Latest
सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन जातीय पोशाकबाट आम्दानी सचिवालयको निर्णयलाई परिमार्जन गर्न इश्वर पोखरेलको आग्रह ‘राष्ट्रपतिबाट बिदा भइसकेपछि पार्टीमा फर्किने विषय गम्भीर छ, यसबारे पार्टीले संस्थागत रूपमा निर्णय गर्नु जरूरी… गत आ.व.मा ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेका छौँः मन्त्री दाहाल एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै पूर्वराष्ट्रपति भण्डारी र कांग्रेस नेता कोइरालाबिच भेटघाट एमालेभित्र विधि निर्माणको अन्योल अन्त्य भयोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीबाटै जनताले सरकारको अनुहार हेर्छन्ः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रहरी प्रशासन भनेको सरकारको अनुहार भएको बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रहरी र शान्ति सुरक्षा एक अर्कामा जोडिने भन्दै जनताले सरकारको काम हेर्ने सबैभन्दा पहिलो कुरा प्रहरी नै भएको जिकिर गर्नुभयो ।

उहाँले प्रहरीले राम्रो काम गरे जनताहरुले सरकारको कामलाई पनि राम्रोसँग लिने बतउनु भयो । तर प्रहरीको विगतको अनुभवहरु नेतृत्वमा राम्रो रहे पनि तल्लो स्तरमा राम्रो नरहेको बताउनु भयो । फिल्डमा तीता अनुभवहरु रहेकाले यसलाई रोक्ने उपायहरुसहित नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक अघि बढाउनुपर्ने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘लोकतन्त्रलाई सुदृढ गर्ने र जनतालाई सेवा प्रदान गर्ने कुरा नै हो । प्रहरीकै र शान्ति सुरक्षाकै कुरा गर्दा जनताले पहिला हेर्ने सरकारको अनुहार प्रहरीबाटै हो । त्यो कुरा पनि आयो । हाम्रो त्यति राम्रो अनुभव छैन । माथिल्लो लिडरसिप लेभलमा कुरा गर्दा त ठिकठिकै देखिन्छ । तल फिल्डमा जाँदाका अनुभवहरु धेरै तीता अनुभवहरु छन् । त्यसलाई रोक्ने के उपाय हुनसक्छ भनेर यसलाई परिमार्जन गर्नुपर्छ ।’

अध्यक्ष दाहालले गणतन्त्रलाई सुधार गर्ने आधारका रुपमा बहसलाई अघि बढाउनुपर्ने बताउनु भयो । समितिमा आज नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो ।