४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनलगायतको विषयमा छलफल हुने बताइएको छ ।

साथै, बैठकमा पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाबारे पनि छलफल हुने बुझिएको छ । अध्यक्ष नेपालको आज विशेष अदालतमा बयान जारी छ ।