३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले समर्थन फिर्ता लिँदैमा सरकारलाई असर पर्दैन : अध्यक्ष यादव



अ+ अ-

भक्तपुर। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारलाई भने कुनै असर नपार्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उहाँले पाँच सांसद रहेको आफ्नो दलको समर्थन फिर्ताले सरकारलाई खासै असर नपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, “हामीले जुन विषय र कुरा उठान गरेर सरकारलाई समर्थन गरेका थियौँ, त्योअनुसार सरकार चलेन, हामीले भनेजस्तो नहुने भएपछि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयमा हाम्रो पार्टी पुगेको हो । तर हाम्रो पाँच सांसद मात्रै रहेकाले हामीले समर्थन फिर्ता लिएर पनि सरकार सञ्चालनमा कुनै असर भने पर्दैन ।” रासस