२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको सहयोगमा उद्धार गरिएका दुई नेपाली दिल्ली आइपुगे



अ+ अ-

इजरायल। इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपालीहरुमध्ये दुई जना गणेशप्रसाद पोखरेल र सुमन गैरे आज नयाँ दिल्ली आइपुगेका छन । भारत सरकारको सहयोगमा इरानस्थित भारतीय दूताबासद्वारा उनीहरुलाई उद्धार गरेर नयाँ दिल्ली ल्याइएको हो ।

इरानमा रहेका १६ जना नेपालीमध्ये पाँच जना जेलमा रहेकाले बाँकी ११ जनाको उद्धार गर्ने तयारी भएको थियो । सोही बमोजिम उनीहरु भारतले उद्धार उडान गरिरहेको इरानको मसाद सहरमा पुगेका थिए ।

भारतीय नागरिकसँगै त्यहाँ पुगेका ११ जना मध्ये ९ जनाको इरानी कानुन अनुसारको आवश्यक कागजात नभएका कारण उनीहरुले उडान अनुमति नपाएको जानकारी नयाँ दिल्लीस्थित नेपाली दूतबासले जनाएको छ ।

अन्य ९ जना स्वदेश फर्कन चाहने अन्य भारतीय नागरिकहरुसँगै मसादको एक होटलमा सुरक्षित रहेका र उनीहरुलाई भारतीय नागरिकसँगै उद्धार गरिने इरानस्थित भारतीय दूताबासले जनाएको छ । इजरायल इरान युद्धका कारण इरानमा समस्यामा परेका १६ जना नेपालीलाई पनि आफ्ना नागरिकको उद्धारका क्रममा ल्याइदिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारत सरकार समक्ष आग्रह गर्नुभएको थियो ।

भारतले नेपालको आग्रहअनुसार नेपाली नागरिकको उद्धार गरिदिने तयारी सुरु गरेपछि मन्त्री डा राणाले भारतीय विदेशमन्त्री एश जयशंकरलाई हिजो धन्यवाद दिनुभएको थियो ।

मसादमा रहेका नेपाली र इरानी जेलमा रहेकाहरुको उद्धार गरी स्वदेश ल्याउनका लागि आवश्यक कागजातहरुको व्यवस्था गर्ने काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।