२२ श्रावण २०८३, शुक्रबार
,
Latest
सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ अजित मिजारका परिवारसँग मन्त्री सिता बादीको भेट, न्यायप्राप्तिका सरोकारबारे छलफल जेन-जी आन्दोलनका शहीदका परिवार र घाइतेसँगको सहमति तत्काल कार्यान्वयन गर्न सांसद खतिवडाको माग खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे सामाजिक सञ्जालको दुरुपयोग र वित्तीय अपराध मुख्य चुनौतीः प्रहरी प्रवक्ता नेपाल प्रहरीको आधुनिकीकरण योजनाः साइबर स्क्याम सेन्टर र एकीकृत कमाण्ड सेन्टर स्थापना गरिने राष्ट्रपति पौडेलसंग कांग्रेसका नेताहरुको भेट, के भयो कुरा ? १५ दिनभित्र नागढुंगा–मुग्लिङ क्षेत्रका पोल सार्न संसदीय समितिको निर्देशन प्रधानमन्त्री साहले भेट्नको लागि समय नदिएको भन्दै काँग्रेस सांसदको आपत्ति कृषि उपज जोगाउन ‘वन्यजन्तु हेरालु’लाई व्यवसायिक बनाउन सांसद खड्काको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो



अ+ अ-

भद्रपुर । झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोलाको किनारमा आज बिहान एक बालकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान इलाका प्रहरी कार्यालय तोपगाछीलाई शरीरमा कपडा नभएको अन्दाजी १२ वर्ष उमेरको बालकको शव बगाएर ल्याएको भन्ने सूचना प्राप्त भएको थियो । लगत्तै प्रहरी टोली घटनास्थलमा खटिएर शवको पहिचान गर्ने क्रममा मृतक सोही ठाउँका मिङमारेन्जे शेर्पाका १२ वर्षीय छोरा सुुसान भएको खुलेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सुसान मिति २०८२ असार ८ गते अपराह्न ३ बजेदेखि घरबाट कसैलाई जानकारी नदिई निस्केका थिए । आफन्त तथा छिमेकीले खोजी गर्दा फेला नपरेपछि बालकका पिताले असार ९ गते इलाका प्रहरी तोपगाछीमा हुलिया विवरणसहित निवेदन दिनुभएको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । रासस