५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई अपमान गर्नुस् सहन्छु तर शहीदको बलिदान र संविधानप्रतिको अपमान सह्य हुँदैनः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रतिको अपमान, प्रणाली र संविधानको अपमान सह्य नहुने चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्द उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले ‘संविधानको अपमान, लोकतन्त्रको अपमान, प्रणालीको अपमान, उपलब्धिको अपमान, संघर्ष र बलिदानको अपमान नगर्न सचेत गराउनु भयो ।

अहिलेको प्रणालीको रक्षा गर्नु र संविधानको रक्षा गर्नु एवं प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु सरकारको कर्तव्य भएको बताउनु भयो । आफूमाथि कुने गाली, अपमान गरेको सहनसक्ने तर शहीदहरुको बलिदानप्रतिको अपमान सहन नसक्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संविधानको अपमान, लोकतन्त्रको अपमान, प्रणालीको अपमान, उपलब्धिको अपमान, संघर्ष र बलिदानको अपमान त्यो कुरा नगराँै । यस प्रणालीको रक्षा गर्नु, यस संविधानको रक्षा गर्नु, यो प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु र समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यसम्म पु¥याउनु अहिलेको सरकारले आफ्नो कर्तव्य ठान्छ । यस कुरामा कुने कम्परमाइज गर्दैन । राष्ट्रियताको प्रश्नमा प्रणालीको प्रश्नमा लोकतन्त्रको प्रश्नमा र म आफूलाई कसैले आलोचना गरोस्, विरोध गरोस्, गाली गरोस् सहन्छु । तर शहीद, शहीदप्रतिको अपमान, शहीदले दिएको बदिलानप्रतिको अपमान, विगतका संघर्ष र बलिदानको अपमान, प्रणाली, संविधानको अपमान सह्य हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीले बोल्दा संयम अपनाएर बोल्न पनि आग्रह गर्नुभयो । संसदले कुनैपनि कुरालाई हल्का ढंगले लिन नहुने बताउनु भयो ।