२ श्रावण २०८२, शुक्रबार
,
Latest
आ.व. २०८१—०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनाः २ हजार ५ सय… भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन जारी, तीन ‘सिफ्ट’मा काम, आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा… सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब बैंगलोर भागदौडः कर्नाटक सरकारले आरसीबीलाई दोष दियो सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन जातीय पोशाकबाट आम्दानी सचिवालयको निर्णयलाई परिमार्जन गर्न इश्वर पोखरेलको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर बनेनः कुलपति राई



अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर नबनेको टिप्पणी गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित ४३ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले अघिल्लो पुस्ताले आर्जन गरेका ज्ञान र नयाँ पुस्ताले निर्माण गरिरहेको ज्ञानबीचको समन्वय कमजोर भएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले अहिलेको शिक्षा प्रणाली, पाठ्यक्रम र कला–साहित्यको अवस्था समेतप्रति प्रश्न उठाउँदै राज्य र समाज दुवै जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले आर्जन गरेको ज्ञानलाई जेन–जी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने महत्वपूर्ण चुनौती रहेको छ । हाम्रा पुर्खाहरुले आर्जन गरेका ज्ञान, हामीले उत्पादन गरेका ज्ञान र अहिलेको पुस्तालाई हाम्रो ज्ञानको सेतु कहाँ जोड्ने हो ? नेपाल प्रज्ञा प्रतिष्ठानले के गर्ने हो ? यसको लागि गम्भिर बहस र विमर्श गर्नुपर्ने आवश्यकता आइसकेको छ । जेन–जीको टिप्पणीलाई आधार मान्ने हो भने हामीले त ति पुस्तालाई डिप्रेसनको सिकार मात्र मानिरहेका रहेछौँ । दिएको त केही पनि छैनौँ । अहिलेको जेनजी लाई हामीले कस्तो पाठ्यक्रम दिइरहेका छौँ ? अहिलेको ललितकला कहाँ छ, संगितकला कहाँ छ ? अहिलेको साहित्य कस्तो हुनुपर्ने ? यो हाम्रो र राज्यको दायित्व हैन ?’

कुलपति राईले ज्ञानको सेतु निर्माण गर्न अब राज्य र बौद्धिक समाज मिलेर साझा पहल गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।