३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरको बजेट आज नआउने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट आज नआउने भएको छ ।

असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था छ । तर, काठमाडौँको बजेट भने आज नआउने भएको हो ।

बजेटको तयारीस्वरुप बस्नुपर्ने कार्यपालिका बैठक अझै बस्न सकेको छैन । मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको मनमुटाब बढ्दै जाँदा काठमाडौँको बजेट अन्योलमा परेको छ ।

बजेटबारे छलफल गर्नका लागि बैठक बोलाउनेगरी आन्तरिक तयारी भइरहेको मेयर शाहको सचिवालयका एक सदस्य बताउँछन् । तर, आजका लागि भने कुनै बैठक बोलाइएको छैन ।

गत पुस १४ गते यता महानगरपालिकाको नगर सभा बैठक बस्न सकेको छैन ।