१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले संसद् बहिष्कारलाई निरन्तरता दिने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ ।

भिजिट भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिप्रति असन्तुष्ट जनाउदै राप्रपाले यस्तो निर्णय लिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

सरकारले गठन गरेको छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न नसक्ने बताउदै उनले भने, ‘विरोध नियमित राख्ने निर्णय भयो । सुरुमा कुरा राख्छौं र संसद्को कामकारबाही बहिष्कार गर्छौं’।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायीक आयोग गठन गर्नुपर्ने माग गर्दै राप्रपााले संसद्को कामकारबाही बहिष्कार गर्दै आएको छ ।