१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणः छानबिन समितिप्रति रास्वपा असन्तुष्ट, संसद अवरोधबाट पछि नहट्ने



अ+ अ-

काठमाडौं । भिजिट भिसाको विषयमा छानबिन गर्न सोमबार मन्त्रिपरिषदले गठन गरेको छानबिन समितिप्रति रास्वपाले असन्तुष्टि जनाएको छ ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजिनामा तथा छानबिन समितिको माग गर्दै जेठ १३ गतेदेखि संसद् अवरोध तथा बहिष्कार गर्दै आएको छ । छानबिनमा तानिनुपर्ने गृहमन्त्री आफैँले प्रस्ताव लगेर समिति गठन भएको भन्दै रास्वपाले आपत्ति जनाएको हो ।

छानबिनको माग गरिएको पार्टीसित कुनै पनि छलफल नगरीकन एकतर्फी रूपमा बनाइएको समितिले निष्पक्ष कार्यसम्पादन गर्न नसक्ने रास्वपाका प्रवक्ता मनिष झाले बताए । उनले भने ‘गृहमन्त्री आफैँ आरोपित हो । एउटा आरोपितले आफूमाथि छानबिन गर्न आफैँले समिति बनाउने कुरा सुनपानी छर्किनका लागि गरिएको प्रपञ्च मात्र हो । हामी यसलाई स्वीकार गर्दैनौँ ।’

यस्तै, आजको प्रतिनिधिसभाको बैठकमा पार्टीको अडान परिवर्तन नहुने पार्टीका उनले बताए । आजको संसद बैठकमा बजेट पारित गर्ने कार्यसूची छ । यो प्रक्रियामा पार्टीको सहभागिता नरहने उनले बताए ।

अहिले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय लिन रास्वपाले पार्टी संसदीय दलको अनौपचारिक बैठक बसिरहेको छ ।