११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

बजेटको सफल कार्यान्वयनमा सहकार्यको अपेक्षाः महिला मन्त्री सुडी

बजेटको सफल कार्यान्वयनमा सहकार्यको अपेक्षाः महिला मन्त्री सुडी
अ अ+ अ-

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन गरिएको बजेटको सफल कार्यान्वयनका लागि सबैको साथ सहयोग र सहकार्यको अपेक्षा गरेको बताउनुभएको छ ।

आज प्रतिनिधिसभाको विनियोजन विधेयकमाथि उठेका सवालहरुको जवाफ दिँदै मन्त्री सुडीले सबैको सहयकार्यमा मात्रै बजेटको प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिने बताउनुभएको हो ।

“महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु, यौनिक लैङ्गिक अल्पसङ्ख्यक तथा अन्तरराष्ट्रियस्तरमा गरिएका प्रतिबद्धताको कार्यान्वयन मात्र यस मन्त्रालयको कार्यक्षेत्रमा पर्दछ”, उहाँले भन्नुभयो, “सरकारको वार्षिक विकास कार्यक्रमले सोह्रौँ आवधिक योजनाले लिएका लक्ष्यहरु, वार्षिक नीति तथा कार्यक्रम मन्त्रालयको कार्यक्षेत्रलाई आधार मानेर प्राप्त सीमित स्रोतबाट सबै क्षेत्रमा विवेकपूर्ण रुपमा बजेट विनियोजन गरिएको छ, यसको सफल कार्यान्वयनमा सबैको साथ सहयोग रहने अपेक्षा छ ।”

यस मन्त्रालयअन्तर्गत लैङ्गिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण कार्यक्रम, सामाजिक विकास कार्यक्रम (अपाङ्गता अधिकार प्रवर्द्धन र ज्येष्ठ नागरिक संरक्षण), बाल विकास कार्यक्रम, राष्ट्रिय महिला सशक्तीकरण परियोजना, एसियाली बैंकको सहयोगमा महिला समुत्थान कार्यक्रम र विश्व बैंकको सहयोगमा लैगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना सञ्चालनमा रहेको छ ।

सांसदहरु प्रभु साह, हितराज पाण्डे, देवप्रसाद तिमल्सिना, अमनलाल मोदी, प्रेम सुवाल, अब्दुल खान, ज्ञानेन्द्रबहादुर कार्की, तारा लामा, प्रभु हजारा, मैना कार्की, विजुला कार्की, रामहरि खतिवडा, सुशीला थिङ, तिमल्सिनालगायतले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री सुडीले मन्त्रालयको बजेटले सन्तुलित बजेट तथा कार्यक्रम प्रस्ताव गरेको बताउनुभयो । रासस