१२ श्रावण २०८३, मंगलवार
,
Latest
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीको क्षमता अभिवृद्धिका लागि सरकारले योजनाबद्ध प्रयास गरेको छः मन्त्री चौधरी



अ+ अ-

काठमाडौँ। सरकारले प्रचलित कानुन, बजेट कार्यान्वयन कार्ययोजना, निर्धारण गरिएका ‘माइलस्टोन’ र वित्तीय अनुशासनका सबै पक्षलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गरिने स्पष्ट पारेको छ ।

विनियोजन विधेयकअन्तर्गत, युवा तथा खेलकुद मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफमा मन्त्री तेजुलाल चौधरीले स्रोत साधनको पारदर्शी र प्रभावकारी व्यवस्थापन गर्दै नियमित अनुगमन, मूल्याङ्कन र प्रगति प्रतिवेदनमार्फत कार्यान्वयनमा सुधार ल्याउने योजना रहेको बताउनुभयो ।

खेल क्षेत्रमा युवाको आत्मबल र संलग्नता बढाउन मन्त्रालयले विभिन्न खेलकुद पुरस्कार योजना, नगद प्रोत्साहन, आवश्यक खेल सामग्री र तालिमको व्यवस्था मिलाइएको उहाँको कथन छ । खेलाडीको क्षमता अभिवृद्धिका लागि अनुभवी प्रशिक्षकको व्यवस्थापन, खेलकुद विज्ञानमा आधारित तालिम र खेल पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

युवा पलायन नेपालको सामाजिक आर्थिक सन्तुलनामा दीर्घकाली प्रभाव पार्ने गम्भीर चुनौतीका रुपमा ठहर गर्दै मन्त्रालयले त्यसलाई न्यूनीकरण गर्न मन्त्रालयले युवालाई आत्मनिर्भर र उद्यमशील बनाउने रणनीति अवलम्बन गरेको मन्त्री चौधरीले बताउनुभयो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा देशको नाम उच्च राख्ने खेलाडीको योगदानलाई सम्मान गर्ने परिपाटी सुदृढ गर्दै सम्मान समारोह, नगद पुरस्कार, खेलाडी सन्नति छात्रवृत्ति र सामाजिक सुरक्षासम्बन्धी सहयोगका कार्यक्रम आगामी आवको बजेटमा समावेश भएको मन्त्री चौधरीले जानकारी दिनुभयो ।

खेल पूर्वाधार विकासमा विशेष जोड दिइएको र निर्माणाधीन रङ्गशालाको कामलाई गति दिई सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच आवश्यक तालमेल र आवश्यकताको मूल्याङ्कन गरी प्राथमिकता निर्धारण गरी पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखिएको समेत उहाँले उल्लेख गर्नुभयो ।

यस्तै, १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सरकार तम्तयार रहेको र भौतिक पूर्वाधारको कामलाई तीव्रता दिई आगामी आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले सदनलाई जानकारी गराउनुभयो । स्रोत र साधनको अभावमा सबै क्षेत्रका आवश्यकता समेट्न चुनौतीपूर्ण रहेको जानकारी दिँदै उहाँले सङ्घीय प्रणालीको मर्म अनुरुप सबै प्रदेशमा न्यूनतम प्रतिनिधित्व हुने गरी आयोजना समावेश गर्ने प्रयास गरिएको स्पष्ट पार्नुभयो ।

मधेस प्रदेशमा ११ औँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधार तयार पार्नुपर्ने भएकाले केही पूर्वाधारका आयोजना थपिएको मन्त्री चौधरीको प्रष्टोक्ति थियो । उहाँले बजेट निर्माण प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र आवश्यका केन्द्रित रहेको र आगामी दिनमा थप सन्तुलन र समावेशितालाई ख्याल गरिने उल्लेख गर्नुभयो । रासस