२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति



अ+ अ-

यरुशलेम। इजरायली सेनाले दिएको जानकारीअनुसार, सोमबार बिहानको उत्तरार्धमा इरानले इजरायलतर्फ नयाँ मिसाइल आक्रमणहरू सञ्चालन गरेको छ, जसका कारण देशभर वायु आक्रमणका चेतावनी साइरनहरू बजाइएका थिए।

सेनाका अनुसार, चार चरणमा गरेर करिब १० वटा मिसाइल प्रक्षेपण गरिएको थियो। उत्तरदेखि गाजापट्टीको सिमासम्मका विभिन्न क्षेत्रमा साइरन बजाइएको थियो, जसले गर्दा लाखौं नागरिकहरू करिब एक घण्टासम्म सुरक्षित आश्रयस्थलमा रहनुपरेको थियो।

इजरायली हवाई सुरक्षा प्रणालीले अधिकांश मिसाइलहरू अवरोध गर्न सफल भएको जनाएको छ। तर, तीमध्ये तीनवटा मिसाइल इजरायली भूमिमा खसेका छन्। सरकारी स्वामित्वको कान टेलिभिजनका अनुसार, तीमध्ये एक अशदोड सहरमा अर्को याभ्ने क्षेत्रमा र तेस्रो उत्तर इजरायलमा खसेको हो।

मिसाइलका टुक्राहरू अन्य विभिन्न स्थानहरूमा पनि खसेका छन्, जसमध्ये दक्षिण इजरायलको लखिश क्षेत्रको एक सडकसमेत प्रभावित भएको मगेन डेविद अडोम उद्धार सेवाका प्रवक्ताले जानकारी दिनुभयाे। हालसम्म मानवीय क्षतिको कुनै सूचना प्राप्त भएको छैन।

इजरायली गृह मोर्चा कमाण्डका कर्नल यारोन बार दयानले उक्त आक्रमणमा क्लस्टर वारहेडयुक्त मिसाइलहरूको प्रयोग भएको बताएका छन्, जसले व्यापक क्षेत्रमा क्षति पुर्‍याउने सम्भावना रहन्छ। (रासस/सिन्ह्वा)